मुख्य समाचार
गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल | नगर विकासको नेतृत्व गर्ने लक्ष्यसहित माधव चौधरीको नगर प्रमुखमा दाबी | सप्तरीको पातोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, आमा–छोरा घाइते |

गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै

Kanchan24 382+ समाचार ( )
१३ कार्तिक २०८३, शुक्रबार

कञ्चनरूप । सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा शनिबारदेखि दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव–२०८३ आयोजना हुने भएको छ। कात्तिक १४ र १५ गते सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
सप्तकोशी नगरपालिका–५ वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवमा नेपालका विभिन्न जिल्ला तथा भारतका आदिवासी जनजाति अगुवा, साहित्यकार, अभियन्ता, कलाकार, पत्रकार र जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
महोत्सवमा आदिवासी जनजातिको भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान, सीप र मौलिक पहिचानको संरक्षणसँगै अधिकारका विषयमा छलफल तथा नीतिगत बहस गरिनेछ। संघीयता, आइएलओ महासन्धि–१६९, यूएनड्रिप, जलवायु परिवर्तन र आदिवासी अधिकारका विषयसमेत छलफलको मुख्य विषय रहने आयोजकले जनाएको छ।
महोत्सवको शनिबार बिहान ११ बजे मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा मधेश प्रदेशका सभामुख रामअशिष यादव, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष निमा लामा ह्योल्मोलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
महोत्सवले आदिवासी जनजातिको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका साथै उनीहरूका अधिकारका सवालमा राष्ट्रियस्तरमा बहस अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार