पातो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका विभिन्न वडामा आएको वर्षा र हावाहुरीका कारण धानबालीमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको छ। धान काटेर भित्र्याउने तयारीमा रहेका किसानको बालीमा मौसम प्रतिकूल हुँदा क्षति पुगेपछि उनीहरू चिन्तित बनेका छन्।
नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मका विभिन्न स्थानमा वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्याएको स्थानीय किसानले बताएका छन्। किसान कमलेश कुमार यादव, जगदीश मुखिया, रेणु देवी, राजदेव यादव, अरुण कुमार यादव र भोला प्रसादलगायतका किसानको धानबालीमा क्षति पुगेको बताइएको छ।
धान पाकेर काट्ने तथा घर भित्र्याउने तयारी भइरहेको समयमा अचानक आएको वर्षा र हावाहुरीले खेतमा रहेको धान ढलाउनुका साथै बालीमा असर पुर्याएको किसानहरूको भनाइ छ। लामो समयको मेहनत र लगानीपछि उत्पादन भएको धान भित्र्याउने बेलामा मौसमले साथ नदिँदा किसानहरू मर्कामा परेका छन्।
धानबालीमा भएको क्षतिले यस वर्षको आम्दानी प्रभावित हुने चिन्ता किसानमा बढेको छ। कृषि क्षेत्रमा निर्भर किसानका लागि धानबालीमा भएको क्षति ठूलो आर्थिक भार बन्ने देखिएको छ।