मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

प्रभु साहको आक्रोश मधेश केन्द्रित दुई दलका अध्यक्षको उपनाम राखी दिए

Kanchan24 324+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

कञ्चनरूप आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश केन्द्रित दुई दलका अध्यक्षलाई आलोचना गर्दै पानीमा भिजेको मुसा र छेपारोको उपनाम दिएका छन् । 
आइतबार राजविराजबाट “भ्रष्टाचार विरुद्धको मधेश यात्रा” प्रारम्भ गरेका आजपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा साहले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘डराएको मुसो’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ‘छेपारो’ को उनामको संज्ञा दिएका हुन् ।
मधेश प्रदेशमा पालैपालो सरकार बनाए पनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको छिनछिन मै बोली, व्यवहाररङ्ग फेर्ने गतिविधिका कारण मधेशले धोका पाइरहेको बताए । 
दुई पार्टीमा देश बनाउने, सङ्घीयताका लागि लड्ने राम्रा नेताहरू पनि रहेको बताउँदै अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारविरुद्धको जनजागरण अभियान शुरु गरेको उल्लेख गरे । भ्रष्टाचार के हो ? यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ रु जस्ता विषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए । 
अध्यक्ष साहले उपेन्द्र यादवले सङ्घीयताका लागी गरेको योगदान बिर्सिन नसकिने भएपनि उनको अहिलेको गतिविधिले मधेश र मधेशी जनताले धोका पाइरहेको भन्दै उपेन्द्रलाई सत्ता मोहले सत्ता पक्ष कि प्रतिपक्ष भन्ने कुरा बुझ्नै गाह्रो भएको बताए । 
डा. सिके राउतले जुन एजेन्डा लिएर राजनीतिमा लागे त्यो बिर्सेर केही दिन मै बोली फेरेर सत्ता पक्षसँग सहमति गरेको आरोप लगाए । 
उनले मुलुकमा कर माथि कर लगाएर सरकारले जनताका ढाड सेक्ने काम गरेको र यसले उल्टै महँगी बढाएको टिप्पणी गरे । आफू माओवादी र एमालेमा रहँदा उच्च पद र ठुलो हैसियत पाएको भएपनि ती पार्टीका नेताहरूको रवैयाले जनताका समस्या समाधान हुन नसक्ने ठानेर ती दुबै पार्टी परित्याग गरी अहिले जनताको सेवक बन्न आएको उनको प्रष्टोक्ति थियो । 
पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले आफू पाँच महिना शहरी विकास मन्त्री हुँदा अरबौँको बजेट छुट्याएर विकासीय काम गर्न चाहेकोमा केपी ओली नेतृत्वको तत्कालीन सरकारले ती योजनाहरुलाई खारेज गरीदिएको आरोप समेत लगाए । 
‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध जबसम्म जनताका चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन ।’
आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिल्लो आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाएको बताए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार