मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

उपेन्द्र यादवको चेतावनी :भूमि विधेयक फिर्ता नभए जनविद्रोह

Kanchan24 333+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

राजविराज  जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी प्रस्तावित विधेयक फिर्ता नगरे जनविद्रोह हुने चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा आयोजित पार्टीको जिल्ला अधिवेशनमा बोल्दै उनले सरकारले मधेश विरोधी नीति अवलम्बन गरिरहेको आरोप लगाए। विशेषगरी चुरे क्षेत्रको विनाश, वन फडानी, र अवैध बसोबासलाई प्रोत्साहन दिँदा मधेश मरुभूमिकरणको दिशामा अघि बढेको उनले बताए।

उनले भने, “जमिनको सतहमा पानी रहिरहन चुरेको संरक्षण जरुरी छ। चुरे मासेर बसोबास गराइए मधेशको जमिन बिउ बाली नउब्जिने मरुभूमिमा परिणत हुन्छ।”

यादवले हाल प्रस्तावित भूमि विधेयकलाई जबर्जस्ती पारित गरिने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध जनताको तीव्र प्रतिरोध हुने बताए। उनले यस विधेयकलाई मधेशी जनताको अस्तित्व र पहिचानमाथिको प्रहारको रूपमा चित्रण गरे।

अध्यक्ष यादवले बजेट वितरणमा विभेद भएको पनि उल्लेख गरे। “मधेशको ६० प्रतिशत जनसङ्ख्यालाई ११ प्रतिशत मात्रै बजेट दिइन्छ भने ४० प्रतिशतलाई ८९ प्रतिशत,” उनले भने, “यसले राष्ट्रिय एकता कमजोर हुन्छ।”

संविधान संशोधनको आवश्यकता औंल्याउँदै यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक प्रतिनिधित्व, र निर्वाचन प्रणालीमा सुधारको माग गरे। संसद्, योजना र कमिसनमा अनियमितता रहेको बताउँदै उनले जनविश्वास फर्काउन मूलभूत संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

प्रदेश सरकारसँग अधिकार, स्रोत र जनशक्ति नदिई जिम्मेवारी थुपारेकोमा पनि उनले आपत्ति जनाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार