मुख्य समाचार
संस्कृति संरक्षणमा राजनीति होइन, साझा प्रतिबद्धता चाहिन्छ : सांसद कर्ण | आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी | गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल |

आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी

Kanchan24 384+ समाचार ( )
२४ कार्तिक २०८३, मङ्गलबार

कञ्चनरूप। प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले आदिवासी जनजाति समुदायको पहिचान, कला, धर्म, संस्कृति, परम्परा र मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन्। उनले आदिवासी जनजाति समुदायको क्षेत्रमा काम गर्दै प्रतिनिधिसभा सदस्यसम्म पुग्न सफल भएको आफ्नो अनुभव प्रस्तुत गर्दै यस क्षेत्रको समग्र विकासका लागि निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार नेपाल संवत् ११४७ को नयाँ वर्ष तथा न्हूदँया भिन्तुनाको अवसरमा नेवा: समाज रुपनगर, सप्तरी परिवारद्वारा बस्तीपुरस्थित नेवा: गुठी सभा गृहमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद चौधरीले यस्तो धारणा व्यक्त गरेकी हुन्।

उनले समाजका विभिन्न समुदायको भाषा, संस्कृति, धर्म, परम्परा र मौलिक पहिचान राष्ट्रकै अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु राज्य र समाज दुवैको दायित्व भएको बताइन्। विशेषगरी आदिवासी जनजाति समुदायले पुस्तौँदेखि जोगाउँदै आएका सांस्कृतिक परम्परा, कला, संस्कार र सम्पदाको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

आदिवासी जनजाति समुदायको क्षेत्रमा रहेर काम गर्दै जनप्रतिनिधिको जिम्मेवारीसम्म पुग्न सफल भएको अनुभव सुनाउँदै चौधरीले समुदायका आवश्यकता, समस्या र अधिकारका सवाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन्। उनले जनप्रतिनिधिका रूपमा प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई समग्र समुदाय र क्षेत्रको हितमा काम गर्ने अवसरका रूपमा लिएको धारणा व्यक्त गरिन्।

सांसद चौधरीले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को समग्र विकासका लागि आफू निरन्तर सक्रिय रहने बताउँदै विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सामाजिक उत्थान र सांस्कृतिक पहिचान संरक्षणका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्।

उनले विकासको अर्थ भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै समुदायको भाषा, संस्कृति, धर्म, कला, परम्परा र पहिचानको संरक्षण पनि समृद्ध समाज निर्माणको महत्वपूर्ण आधार भएको बताइन्।

नेपाल संवत् ११४७ को नयाँ वर्ष तथा न्हूदँया भिन्तुनाको अवसरमा नेवा: समुदायलाई शुभकामना व्यक्त गर्दै सांसद चौधरीले नयाँ वर्षले आपसी सद्भाव, सामाजिक एकता, सांस्कृतिक संरक्षण र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार