मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

अमेरिकी डलर बढ्दा युरोमा झिनो गिरावट

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलर १२ पैसाले बढेको छ । यसअघि शुक्रवार पनि डलरको भाउ १७ पैसाले बढेको थियो।

आइतबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको छ । यसअघि शुक्रवार खरिद मूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार युरोपियन युरोमा झिनो गिरावट आएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । यसअघि शुक्रवार युरोको खरिद मूल्य १४३ रुपैयाँ १५ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।

त्यस्तै, आइतबार पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ १७ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल आइतबार एकको खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आइतबार ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार