मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण

Kanchan24 325+ समाचार ( )
दलित तथा सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता, ५ वटै वडाका किसान लाभान्वित
१७ चैत्र २०८२, मङ्गलबार

कञ्चनरूप । तिरहुत गाउँपालिकाले किसानहरूको कृषि कार्यलाई सहज, प्रभावकारी तथा आधुनिक बनाउने उद्देश्यले किटनाशक तथा कृषि औषधि छर्कन प्रयोग हुने एक यस भन्दा बढि स्प्रे मेसिन वितरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव ले पालिकाभित्रका किसानहरूको आवश्यकतालाई मध्यनजर गर्दै ५ वटै वडाका किसानहरूलाई लक्षित गरी स्प्रे मेसिन वितरण गरिएको जानकारी दिएका छन्।

अध्यक्ष यादवका अनुसार पालिकाका ५ वटै वडामा हाल एक सय वटा स्प्रे मेसिन वितरण गरिएको हो। उनले किसानहरूलाई किटनाशक तथा विभिन्न कृषि औषधिको प्रयोगमा सहजता ल्याउन, रोग तथा कीरा नियन्त्रण प्रभावकारी बनाउन र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको र थप अरु केहि किसानहरूलाईमेसिन वितरण गरिने बताएका छन ।

त्यसैगरी, वितरण कार्यक्रममा दलित तथा सिमान्तकृत समुदायका किसानहरूलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष यादवले उल्लेख गरे। गाउँपालिकाले समावेशी विकासको अवधारणाअनुसार कृषि क्षेत्रमा पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइएको जनाएको छ।

स्थानीय किसानहरूका अनुसार गाउँपालिकाले प्रत्यक्ष रूपमा कृषकलाई लाभ पुग्ने गरी सञ्चालन गरेको यो कार्यक्रम निकै उपयोगी रहेको छ। आधुनिक कृषि उपकरणको पहुँच बढ्दै जाँदा खेतीपाती थप व्यवस्थित, सहज र उत्पादनमुखी बन्ने विश्वास लिइएको छ।

तिरहुत गाउँपालिकाले आगामी दिनमा पनि किसानमैत्री तथा उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार