मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

कोशी स्नान र कोशी मेलास: श्रद्धा, संस्कृति र व्यापारको संगम

Kanchan24 324+ समाचार ( )
१९ पौष २०८२, शनिबार

कञ्चनरूप । पौष शुक्ल पूर्णिमाका दिन कोशी नदीमा स्नान गरे पापबाट मुक्ति पाइने र गंगास्नान सरह पुण्य मिल्ने जनविश्वासका साथ कोशी मेला धार्मिक, सांस्कृतिक तथा सामाजिक उल्लासका साथ मनाइएको छ। कौशिका माताका रूपमा कोशी नदीको पूजा गर्ने परम्पराअनुसार यस दिन स्नान गरी मात्र भोजन गरे हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ।
स्नानका लागि कोशी तट श्रद्धालु भक्तजनले भरिभराउ देखिन्थ्यो। धार्मिक मान्यताअनुसार कोशीमा स्नान गरी किनारमा बसेर दहीचिउरा सेवन गरे पाप नास भई पुण्य प्राप्त हुने विश्वास छ। यो मेला धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीक बनेको छ, जहाँ हिन्दु–मुस्लिमलगायत सबै समुदायको सहभागिता देखिन्छ।
कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेग्जिन चुरिया, वैरवाको मलकौर, कञ्चनरूप नगरपालिकाको जगतपुरस्थित धनकट्टा तथा कञ्चनरूप –५ पथरीमा मेला लाग्ने गर्दछ। सप्तरी, सिरहा, सुनसरी, मोरङ तथा भारतका पूर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखी लगायत क्षेत्रबाट श्रद्धालुहरू आउने गरेका छन्। 
कृषि मेलाका रूपमा समेत परिचित यो एकदिने मेलामा कृषि औजार तथा घरेलु प्रयोजनका हस्तनिर्मित सामग्रीको खरिदबिक्री हुन्छ। यसैले कृषकहरूको उपस्थिति उल्लेख्य देखिन्छ। बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकललगायत सवारीसाधनबाट आउनेहरूको घुइँचो लाग्ने गर्दछ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाइ खाने प्रचलन पनि छ।
कोशी मेलाले धार्मिक तथा सांस्कृतिक पहिचान थप मजबुत बनाएको स्थानीयहरूको विश्वास छ। मेलाको अवसरमा सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले स्थानीय बिदा दिएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार