काठमाडौँ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घनको आरोपमा प्रसाईं सहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाका अनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको हो ।
करिब १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो । त्यसैको आधारमा पक्राउ पुर्जी जारी भएको उल्लेख छ ।
पक्राउ पुर्जी जारी हुने अन्यमा बागलुङ जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल छन्। साइबर ब्युरोमा परेको उजुरीका आधारमा तीनजना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले भने यो कुरा गोप्य राख्न चाहेको छ ।