मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान

Kanchan24 325+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

कञ्चनरूप । यस वर्षको अनुकूल मौसम र आँपका रुखमा प्रशस्त मञ्जरी लागेकाले सप्तरीमा आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार जिल्लाभरी आँपका बोटहरूमा पातै नदेखिने गरी फूल फुलेका छन्, जसले किसानमा उत्साह थपेको छ । 

साना बारीदेखि ठूला व्यावसायिक बगैँचासम्म यतिबेला आँपका रुख फूलले ढाकिएका छन् । उत्पादन बढ्ने संकेत देखिएसँगै किसानहरू यस वर्ष राम्रो आम्दानी हुने अपेक्षामा छन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सप्तरीमा यस वर्ष ८ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको कृषि ज्ञान केन्द्रका कार्यलय प्रमुख किसुनदेव राउतले जनाउनु भएको छ । ती क्षेत्रबाट करिब ७५ हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । अनुकूल मौसम कायम रहे र हावाहुरी तथा असिनाको असर नगरे अपेक्षित परिणाम आउने कार्यालयको विश्वास छ ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राउतका अनुसार आँप बाली एक वर्ष बढी र अर्को वर्ष कम फल्ने प्रकृतिको हुन्छ। “यस वर्ष फूल राम्रो लागेकाले उत्पादन उल्लेख्य हुने अनुमान गरेका छौँ,” उहाँले बताउनभयो ।

सप्तरीमा उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौं, नारायणघाट, पोखरा, विराटनगर, धरानलगायतका सहरमा पुग्ने गरेको छ । माग उच्च रहने भएकाले किसानहरू फूल लाग्नासाथ बगैँचा ठेक्कामा दिने चलन पनि बढ्दो छ । यसले बजार व्यवस्थापनको झन्झट कम गरिदिएको किसानहरू बताउँछन् । जिल्लामा सबैभन्दा बढी मालदह जातको आँप लगाइएको छ । साथै कृष्णभोग, बम्बै, अम्रपाली, दार्जिलिङ केलवा, कलकतिया लगायतका जातका आँप पनि व्यावसायिक रूपमा खेती गरिन्छ । सबै जातमा यतिबेला राम्ररी फूल लागेको कृषि प्राविधिकहरूको भनाइ छ ।

शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहाजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा, रूपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर र जोगमोहन क्षेत्रमा व्यावसायिक आँप उत्पादन बढी हुने गरेको छ। सुख्खा जमिनमा अन्य बाली राम्रो नफस्टाउने र सिँचाइको सुविधा सीमित रहेकाले किसानहरू व्यावसायिक आँप खेतीतर्फ आकर्षित भएका हुन् ।

तर, उत्पादन राम्रो हुन चैत्र–वैशाखमा चल्ने हावाहुरी, असिना र मधुवाजस्ता रोगबाट जोगाउनुपर्ने चुनौती भने कायमै छ। ती जोखिम नियन्त्रण गर्न सके यस वर्ष आँपले किसानको अनुहारमा मुस्कान ल्याउने देखिन्छ ।

मधेश प्रदेशमा मात्रै करिब २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । तराईका सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा आँप उत्पादन व्यापक छ । मधेशका जिल्लामा फल्ने मालदह, दसहरी, आम्रपाली, बम्बै र कलकतिया जातका आँप स्वाद, रसिलोपन र गुणस्तरका कारण देशभर माग हुने गरेको छ ।

अनुकूल मौसमले साथ दिए यस वर्ष सप्तरीको आँपबारीबाट मिठास मात्र होइन, किसानको आम्दानी पनि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार