मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

मोरङमा मिशन नेक्स्ट इलेक्सन टार्गेट न्यु जनेरेशन अभियानको तयारी सुरु

Kanchan24 1+ समाचार ( )
९ आषाढ २०८०, शनिबार

मोरङ । राष्ट्रिय युवा संघ नेपाल मोरङको जिल्ला कमिटीले मिशन नेक्स्ट इलेक्सन टार्गेट न्यु जनेरेशन अभियान सफल पार्न तयारी सुरु गरेको छ । बुधबार विराटनगरमा बसेको राष्ट्रिय युवा संघ नेपाल मोरङको जिल्ला कमिटी बैठकले मिशन नेक्स्ट इलेक्सन टार्गेट न्यु जनेरेशन अभियान सफल पार्न विशेष कार्य विभाजन गरेको छ । विराटनगर महानगरसहित १७ वटै पालिकामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई जिल्ला उत्प्रेरकको जिम्मेवारी दिइएको छ । 

अभियान अन्तरगत संगठनको सुदृढीकरण गर्ने, आम युवाहरूको बिचमा पुग्ने, वैचारिक र राजनीति प्रशिक्षण गरिने मोरङ जिल्ला अध्यक्ष प्रविण घिमिरेले जानकारी दिनुभयो । अभियानका क्रममा नागरिकका जनजीविकाका सवाल उठाउनुका साथै सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाएर जनतालाई छिटो छरितो सेवा प्रदान गर्न दबाब सिर्जना गरिने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभाये । 

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता तथा संघका मोरङ जिल्ला अध्यक्ष प्रवीण घिमिरेको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की, संघका केन्द्रीय सचिवालय सदस्य उपेन्द्र शाही लगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष केसीले सुशासन, समृद्धि र राष्ट्रियताको विषयमा केन्द्रित रहेर अभियान सञ्चालित गर्न निर्देशन दिनुभयो । संघको नवौँ महाधिवेशनबाट पारित नयाँ कार्यदिशा राष्ट्रिय युवा संघ नेपालको मात्र नभएर समग्र युवा आन्दोलनको नयाँ कार्यदिशा भएको उहाँले बताउनुभयो । सो कार्यदिशाले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्दै समाजवाद निर्माणको आधार तयार गर्ने कार्यभार सुम्पेको उहाँले दाबी गर्नुभयो । 

दलाल पुँजी निषेध र राष्ट्रिय पुँजीका निर्माणका काममा आम नेपाली त्यसमा पनि युवा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । हरेक युवा श्रममा जोडिने, आफ्नो कमाइमा बाँच्ने र राज्यलाई राजश्व तिर्ने खालको अनुशासित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  राष्ट्रिय युवा संघको चार महिने अभियानले जनतासँग घनिष्ठ सम्बन्धको विकास गर्ने उहाँले बताउनुभयो । आम युवाको मुद्दा पहिचान गर्ने र समस्या समाधानका उपाय खोज्ने काम यो बिचमा हुने उहाँले जानकारी दिनुभयो । आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो र बहुमत शक्तिको रूपमा स्थापित गर्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार