मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

डेंगु–मलेरियाको जोखिमबीच कञ्चनरूपमा औषधि छर्किने विषयमै खिचातानी

Kanchan24 358+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने विषयमा कार्यपालिका बैठकमै विवाद उत्पन्न भएको छ। नगरभित्र डेंगु, मलेरिया लगायतका रोगको जोखिम बढिरहेका बेला केही वडा अध्यक्षहरू नै औषधि छर्किने कार्यमा अवरोधक बनेको आरोप लागेको छ।

नगर प्रमुख ललन प्रसाद गुप्ताका अनुसार कञ्चनरूप नगरपालिका–५ मा केही व्यक्तिमा मलेरियाको संक्रमण देखापरिसकेको अवस्थामा पनि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने विषयमा सहमति जुट्न नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ। उनले केही वडा अध्यक्षहरू औषधि छर्किने कामलाई अघि बढ्न नदिने पक्षमा अग्रपंक्तिमा देखिएको बताएका छन्।

स्थानीय तहको आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी जिम्मेवारी स्पष्ट रूपमा स्थानीय सरकारको एकल अधिकारभित्र पर्ने भए पनि कञ्चनरूप नगरपालिकामा लामखुट्टे नियन्त्रणको कार्य हालसम्म प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै स्थानीयवासीमा असन्तोष बढ्दै गएको छ।

नगरपालिका नगर क्षेत्रभित्र लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य नभएको कारण सर्वसाधारण नागरिक डेंगु, मलेरिया लगायतका गम्भीर रोगको उच्च जोखिममा परेको उल्लेख गरिएको छ।

स्थानीयवासीले “नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य किन अघि बढाउन सकेनरु” भन्ने प्रश्न उठाउँदै ढिलाइको कारण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीतिक खिचातानीभन्दा नागरिकको जीवन र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नगर क्षेत्रमा रोगको जोखिम बढिरहेका बेला लामखुट्टे नियन्त्रणको काममा भइरहेको ढिलाइले जनस्वास्थ्यप्रति नगरपालिकाको गम्भीरता माथि नै प्रश्न उठाएको छ। अब कञ्चनरूप नगरपालिकाले औषधि छर्किने अभियान तत्काल सुरु गरेर नागरिकको स्वास्थ्य सुरक्षामा ठोस कदम चाल्ने कि विवादमै अल्झिरहने भन्ने चासो सर्वत्र बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार