मुख्य समाचार
सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी |

सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी

Kanchan24 344+ समाचार ( )
१० अशोज २०८३, शनिबार

कञ्चनरूप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सप्तरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागि दीपककुमार गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको तल्लो तहदेखि संगठनलाई थप सुदृढ बनाउने र कार्यकर्ताबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित आफू क्षेत्रीय नेतृत्वको दौडमा आएको गुप्ताले बताएका छन् ।
नेपाली कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा क्षेत्रीय कार्यसमिति निर्वाचन हुने कार्यतालिका छ । केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तोकिएको थियो भने प्रतिकूल मौसम भएका क्षेत्रमा असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।
यसैक्रममा सप्तरी–१ मा पनि क्षेत्रीय नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ । गुप्ताले क्षेत्रीय सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै पार्टी संगठनलाई चलायमान बनाउने, कार्यकर्ताको भूमिका र सहभागिता बढाउने तथा स्थानीय तहमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अहिले तल्लो तहबाट क्रमशः माथिल्लो तहमा अघि बढिरहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार देशभर वडा र पालिका अधिवेशनको प्रक्रिया जारी रहँदा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत क्षेत्रीय नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै गुप्ताले आफूलाई जिम्मेवारी दिइए पार्टी संगठनलाई अझ व्यवस्थित, सक्रिय र कार्यकर्तामैत्री बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सप्तरी–१ मा अब क्षेत्रीय नेतृत्वका लागि अन्य आकांक्षीहरूको उम्मेदवारी र उनीहरूले अघि सार्ने एजेन्डाले अधिवेशनको माहोल थप रोचक बनाउने देखिएको छ । 
सप्तरी–१ कांग्रेसका लागि राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ ।  यस पृष्ठभूमिमा आगामी दिनमा संगठन विस्तार र कार्यकर्तालाई एकताबद्ध गर्ने विषय कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार