मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

निकुरी टिकुरी सामुदायिक वनद्वारा छानासहितको चौतारा निर्माण सम्पन्न

Kanchan24 333+ समाचार ( )
५ पौष २०८२, शनिबार

कञ्चनरूप । निकुरी टिकुरी सामुदायिक वन उपभोक्ता समिती, कञ्चनरूपले छानासहितको चौतारा निर्माण सम्पन्न गरेको छ। करिब ३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त चौतारा सामुदायिक वनको प्रवेशद्वार नजिकै तथा पौडा खोलाको किनारमा निर्माण गरिएको समितिकी अध्यक्ष भगवती परमारले जानकारी दिइन्।

चौतारा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला वन कार्यालय सप्तरीका कार्यालय प्रमुख सुवासचन्द्र दासको उपस्थिति रहेको थियो। कार्यक्रममा सब–डिभिजन वन कार्यालय कञ्चनपुरका सन्तोष यादव, जनमत पार्टीका नेता शिव नन्दन कुशवाहा, भागवत महतो, भरत महतोलगायत विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुशवाहाले “हरियो वन नेपालको धन” भन्ने उखान व्यवहारमा सीमित भएको उल्लेख गर्दै वनमा पाइने जडीबुटी तथा अन्य प्राकृतिक स्रोतको स्थानीयस्तरमै उत्पादन र बजारीकरण गर्न सके विदेश जानुपर्ने बाध्यता हट्न सक्ने बताए।

प्रमुख अतिथि दासले वन क्षेत्रभित्र रहेका बालुवा तथा गिट्टीको संरक्षण र उपभोग गर्ने अधिकार सामुदायिक वन उपभोक्ता समितीकै रहेको स्पष्ट पारे। साथै वन क्षेत्रबाहिरका बालुवा–गिट्टी भने स्थानीय सरकारको संरक्षण तथा व्यवस्थापनमा हुनुपर्ने बताए। सप्तरी जिल्लामा १३७ वटा सामुदायिक वन भए पनि सबै सक्रिय नभएको उनको भनाइ थियो।

कार्यक्रममा निकुरी टिकुरी सामुदायिक वनको विकास र संरक्षणमा योगदान पुर्‍याउने देवनारायण श्रेष्ठ, भरतप्रसाद महतो, हरिप्रसाद भट्टराई, बुचाई यादव, रविलाल महतो, उसमान अली, अम्बिका श्रेष्ठ र प्रभुनारायण श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा सामुदायिक वनका सदस्य, पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार