मुख्य समाचार
सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न | ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? | अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार |

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी

Ambika Dahal 20+ समाचार ( )
५ अशोज २०८३, सोमबार

राजविराज । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लालु प्रसाद अग्रवालको मात्रै उम्मेदवारी परेको छ । नयाँ नेतृत्वका लागि सोमबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा अग्रवालबाहेक कसैको दाबी नपरेपछि उनको पुनः नेतृत्वमा फर्किने बाटो खुलेको छ ।
निर्वाचन समितिका सदस्य शैलेश कर्णका अनुसार अध्यक्ष पदमा अग्रवालको एकल उम्मेदवारी परेको हो ।
संघको वाणिज्य उपाध्यक्ष पदमा भने अमृतकुमार सन्चेती र रामआशिष साहले उम्मेदवारी दिएका छन् । महासचिव पदमा सुरेन्द्रप्रसाद साह र भोगेन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने भएको छ ।
अन्य पदमा भने एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ । सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोद काबरा र सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्धडाले उम्मेदवारी दिएका छन् ।
महिला सदस्य पदमा अम्बिका दाहालको मात्रै उम्मेदवारी परेको छ । उनी उक्त पदमा निर्विरोध हुने भएकी छन् ।
उम्मेदवारीमाथि दाबी–विरोध तथा उम्मेदवारी फिर्ताका लागि असोज ६ गतेको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।
सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज १० गते निर्वाचन हुँदैछ । अध्यक्षसहित अधिकांश पदमा निर्विरोध हुने अवस्था देखिए पनि वाणिज्य उपाध्यक्ष र महासचिव पदमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार