मुख्य समाचार
हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न | ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? |
मुख्य समाचार
हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न | ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? |


हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व

Kanchan24 342+ समाचार ( )
९ अशोज २०८३, शुक्रबार

राजविराज । वन्यजन्तुको बासस्थानमा बढ्दो मानवीय अतिक्रमण, संरक्षणप्रतिको कमजोरी र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका बेला यसको न्यूनीकरणका लागि पत्रकारिता अझ सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सप्तरीमा शुक्रबार आयोजित ‘वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रममा सहभागीहरूले वन्यजन्तुसम्बन्धी अपराध, मानव–वन्यजन्तु द्वन्द्व र संरक्षणका सवालमा तथ्यमा आधारित समाचार तथा निरन्तर खबरदारी आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र कुसाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले हात्तीको प्राकृतिक बासस्थान तथा परम्परागत आवागमन मार्गमा मानवबस्ती विस्तार हुँदै जाँदा हात्ती बस्ती पस्ने समस्या बढेको बताइन् ।

उनका अनुसार हात्ती पुरानै बाटो भएर आवतजावत गर्ने भएकाले ती क्षेत्रमा बस्ती विस्तार भएपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको हो । जंगलमा पर्याप्त आहार र पानीको अभाव तथा हात्तीमाथि हुने अनावश्यक आक्रमणले समेत समस्या थप जटिल बनाउने गरेको उनले बताइन् ।

शिवाकोटीले हात्तीलाई आक्रामक रूपमा लखेट्नुभन्दा मानव–वन्यजन्तु सहअस्तित्व कायम हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । हात्तीको आवागमन हुने क्षेत्रमा सुरक्षा निकायबाट निगरानी भइरहेको पनि उनले जानकारी दिइन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बस्तीमा प्रवेश गरेको हात्तीलाई हतारमा लखेट्नुभन्दा सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए । हात्तीको आवागमन क्षेत्र पहिचान गरी नियमित निगरानी गर्नुपर्ने र वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहबीच तत्काल सूचना आदान–प्रदानको संयन्त्र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

हात्ती देखिएपछि नजिक नजाने, नजिस्क्याउने र भीड नगर्ने विषयमा स्थानीयस्तरमा सचेतना बढाउनुपर्ने उनले बताए । संवेदनशील क्षेत्रमा प्रकाश, चेतावनी प्रणाली तथा सुरक्षित अवरोधको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।

वन्यजन्तुको बासस्थान संरक्षण गर्दै आरक्षबाट बाहिर मानवबस्तीमा वन्यजन्तुको आवागमन कम गर्न आरक्षभित्रै वृक्षारोपण, फलफूल तथा अन्नका प्रजातिको विस्तार र पानीका मुहान संरक्षणको काम भइरहेको गौतमले जानकारी दिए ।

कार्यक्रममा डिभिजन वन अधिकृत मनोज ठाकुरले सप्तरीमा करिब २१ हजार १ सय ३६ हेक्टर वन क्षेत्र रहेको तथा १ सय ३७ वटा सामुदायिक वन रहेको जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भएमा घाइतेको उपचार खर्च तथा मृत्यु भएमा परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सप्तरीमा जंगली हात्ती, बाँदरलगायत वन्यजन्तुबाट स्थानीयले भोग्दै आएको क्षति, बाली तथा जनधनको नोक्सानी र वन्यजन्तु नियन्त्रण तथा व्यवस्थापनमा देखिएका कमजोरीबारे प्रश्न उठाएका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । यस्ता कार्यक्रमले पत्रकार, वन कार्यालय, संरक्षणकर्मी, सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्य बढाउने भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

डिभिजन वन कार्यालय सप्तरीका रेन्जर दीपक टमटाले सहजीकरण गरेको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका वरिष्ठ संरक्षण शिक्षा सहायक सञ्जीव धमलाले स्वागत गर्दै वन्यजन्तु संरक्षण र अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिकाबारे प्रकाश पारे ।

कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व, बाली तथा जनधनमा हुने क्षति, वन्यजन्तुको बासस्थान विनाश, क्षतिपूर्ति व्यवस्था तथा वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार