कञ्चनरूप । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। पाँच घण्टाको अवधिमा बहाव करिब १७ हजार क्युसेकले बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।
असोज १० गते बिहान १ः१५ बजे २ लाख ९९ हजार ८७० क्युसेक रहेको बहाव बिहान ६ः१५ बजे ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको हो।
बिहान ४ः१५ बजे बहाव ३ लाख १३ हजार ३०० क्युसेक पुगेपछि नदीको अवस्था ‘अत्यधिक खतरा’ तहमा पुगेको थियो। त्यसयता पनि बहाव बढ्दो क्रममा छ।
बहाव बढेसँगै राति १ः१५ बजे ४० वटा रहेको ब्यारेजका खुला ढोका बढाएर बिहानसम्म ४३ वटा पुर्याइएको छ।
लगातार बढिरहेको बहावका कारण सप्तकोशीको अवस्था उच्च जोखिममा रहेकाले आगामी केही घण्टाको पानीको मापन अझ महत्वपूर्ण हुने देखिएको छ।
सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए
१० अशोज २०८३, शनिबार