राजविराज । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । शुक्रबार दिउँसो ३ः१५ बजेसम्म ब्यारेजमा २ लाख ५४ हजार ६० क्युसेक पानीको बहाव मापन भएको छ । बढ्दो बहावसँगै ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला पानीको बहाव बढ्दो क्रममा रहेकाले प्रशासन तथा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
गोबरगाढामा बढ्यो जोखिम
पानीको बहाव बढेसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीको बीच भागमा रहेको गोबरगाढा बस्तीमा जोखिम थपिएको छ ।
कोशीको बीच भागमा रहेको यो बस्तीमा नदीको जलस्तर बढ्दै जाँदा स्थानीय बासिन्दाको चिन्ता बढेको छ । लगातारको वर्षा र माथिल्लो क्षेत्रमा आएको पानीका कारण कोशीमा बहाव थप बढ्न सक्ने भएकाले गोबरगाढासहित नदी आसपासका बस्तीमा विशेष निगरानी आवश्यक देखिएको छ ।
प्रशासनले नदीको बहाव, जलस्तर र सम्भावित जोखिमको निरन्तर निगरानी गरिरहेको जनाएको छ । नदी आसपासका बासिन्दालाई अनावश्यक जोखिम नलिन तथा प्रशासन र स्थानीय तहले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो
९ अशोज २०८३, शुक्रबार