मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

दिनदहाडै धारिलो हतियार प्रहार गरी जनकपुरधाममा एक युवकको हत्या

Kanchan24 358+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

जनकपुरधाम । दिनदहाडै धारिलो हतियार प्रहार गरी महोत्तरीका एक युवकको जनकपुरधाममा हत्या भएको छ ।
महोत्तरीका भटौरिया भन्ने ठाउँका २० वर्षीय प्रीत कुमार महासेठको हत्या भएको हो । स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो ।
छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरूमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवाले बताए।
पक्राउ परेकाहरूको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न रहेकाहरू लागू औषधको सेवन कर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ ।
सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार