मुख्य समाचार
ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? | अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार |

ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ?

Kanchan24 337+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

राजबिराज । कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र (PHC) मा प्रयोग हुने कम्प्युटरको CPU बिग्रिएको करिब एक वर्ष पुगे पनि मर्मत वा प्रतिस्थापन हुन नसक्दा स्वास्थ्य सेवामै प्रत्यक्ष असर परेको गुनासो सार्वजनिक भएको छ।

CPU बिग्रिएपछि कम्प्युटर सञ्चालन हुन नसकेको र त्यसको असर ल्याब परीक्षणका लागि प्रयोग हुने उपकरणमा समेत परेको बताइएको छ। ल्याब परीक्षणका उपकरण सञ्चालनमा नआएपछि आवश्यक केमिकल तथा अन्य सामग्रीको उपयोगितामाथि समेत प्रश्न उठेको छ।

स्वास्थ्य केन्द्रमा सामान्य ल्याब परीक्षणसमेत सहज रूपमा हुन नसक्दा बिरामीहरू निजी ल्याबमा परीक्षण गराउनुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ। सरकारी स्वास्थ्य संस्थामा उपचार तथा परीक्षणका लागि आउने विपन्न तथा ग्रामीण क्षेत्रका बिरामीले निजी स्वास्थ्य संस्थामा अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता बढेको उनीहरूको भनाइ छ।

अझ संवेदनशील विषय सुत्केरी सेवासँग जोडिएको छ। स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आउने महिलाका लागि आवश्यक परीक्षण तथा आकस्मिक अवस्थामा प्रयोग हुने स्वास्थ्य सेवाको तयारी कस्तो अवस्थामा छ भन्ने प्रश्नसमेत उठेको छ।

केही दिनअघि राजविराजमा स्वास्थ्य संस्थासँग सम्बन्धित घटनापछि स्वास्थ्य सेवाको तयारी, उपकरणको अवस्था र आकस्मिक सेवाको प्रभावकारिताबारे गम्भीर बहस भइरहेको अवस्थामा कल्याणपुर PHC को अवस्थाले थप चिन्ता जन्माएको छ।

‘घटना भएपछि मात्र व्यवस्थापन गर्ने कि घटना हुनुअघि नै सम्भावित जोखिम पहिचान गरेर सेवा सुधार गर्ने?’ भन्ने प्रश्न अहिले स्थानीयस्तरमा उठ्न थालेको छ।

करिब एक वर्षदेखि बिग्रिएको भनिएको CPU मर्मत वा नयाँ उपकरण व्यवस्थापन हुन नसक्नुको कारण के हो ? ल्याब सेवा नियमित सञ्चालनमा ल्याउन स्वास्थ्य केन्द्र वा सम्बन्धित निकायले के पहल गरिरहेको छ ? र सुत्केरी तथा आकस्मिक सेवाका लागि आवश्यक वैकल्पिक व्यवस्था छ कि छैन ?

यी प्रश्नको जवाफ सम्बन्धित स्वास्थ्य संस्था, स्थानीय तह र स्वास्थ्य क्षेत्रका सरोकारवालाले दिन आवश्यक देखिन्छ।

स्वास्थ्य संस्था समस्या आएपछि मात्र होइन, समस्या आउनुअघि नै तयारी अवस्थामा हुनुपर्ने हो। कल्याणपुर PHC मा देखिएको भनिएको अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने कुनै अप्रिय घटना दोहोरिएपछि मात्र जिम्मेवारी खोज्ने अवस्था नआओस् भन्नेतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार