मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

मधेशमा सूचनाको हक प्रयोग बढाउन पत्रकारमार्फत अभियान

Kanchan24 325+ समाचार ( )
१२ पौष २०८२, शनिबार

धनुषा । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकसम्बन्धी कानुनको उपयोगिताबारे दुईदिने गोष्ठी धनुषाको मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सम्पन्न भएको छ।

राष्ट्रिय सूचना आयोगको समन्वयमा आयोजित गोष्ठीमा मधेश प्रदेशमा सूचनाको हकको प्रयोग बढाउन पत्रकारमार्फत अभियान सञ्चालन गरिने घोषणा गरिएको छ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त सुरेश आचार्यले पत्रकारितालाई विश्वसनीय बनाउन, राज्यलाई पारदर्शी र कर्मचारीलाई जवाफदेही बनाउन सूचनाको हक महत्वपूर्ण भएको बताए।

गोष्ठी उद्घाटन सत्रका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले पत्रकारितामा विकृति देखिएको भन्दै चिन्ता व्यक्त गरे। उनले सत्य–तथ्यमा आधारित पत्रकारिता कमजोर हुँदा क्षेत्रको विश्वसनीयता घट्दै गएको बताए। साथै प्रदेश सरकारले आफ्नै टेलिभिजन र रेडियो सञ्चालनका विषयमा छलफल अघि बढाएको जानकारी दिए।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले पत्रकारिताभित्र देखिएका विकृतिलाई नियन्त्रण गर्दै स्वच्छ र मर्यादित पत्रकारिता आवश्यक रहेको बताए। उनले अनलाइन सञ्चार माध्यमको वर्गीकरण तथा नियमनका लागि कार्यविधि निर्माण भइरहेको जानकारी दिए।

गोष्ठीमा सूचनाको हकसम्बन्धी ऐन २०६४, सूचना माग्ने प्रक्रिया, कार्यान्वयनको अवस्था तथा सञ्चार माध्यमको भूमिकाबारे छलफल गरिएको थियो। गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार