मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सप्तरीको कञ्चनरूपमा ४३ औं बीपी. स्मृति दिवस दुई गुटले आआफ्नै शैलीमा मनाए

Kanchan24 333+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

कञ्चनरूप । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय बीपी. कोइरालाको ४३ औं स्मृति दिवस सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई फरक गुटले आआफ्नै तरिकाले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन् । 
नगरपालिका क्षेत्रभित्रको काङ्ग्रेसभित्र देखिएको गुटबन्दीको प्रभाव स्मृति दिवसमा पनि स्पष्ट देखिएको हो ।
एक गुटले कञ्चनरूप नगरपालिका वडा नं.७ धरमपुर स्थित बीपी. चौकमा आयोजना गरेर बीपी. कोइरालाको जीवन दर्शन र योगदानबारे चर्चा गर्दै वृक्षरोपण गरे मनाएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका महामन्त्री पर्शुराम चौधरीले भने बीपी. को विचार र आदर्श अहिले झन् बढी सान्दर्भिक भएको धारणा राखेका थिए । लोकतन्त्र, समाजवाद र राष्ट्रियता बीपी. को मूल मन्त्र अपनाउँदै पार्टीलाई एकताबद्ध भएर अगाडि बढ्ने सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका थिए भने कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले पार्टीभित्रको असहयोग, अविश्वास र गुटबन्दी कारण “अरुबाट डर छैन, मलाई आफ्नै घरबाट डर त्रास रहेको बताए । 
कार्यक्रममा काँग्रेसका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरू उपस्थिति थियो । वक्ताहरूले बीपी. को विचारलाई आत्मसात् गर्दै पार्टी एकतामा जोड दिएका थिए ।
यता अर्को गुटले भने कञ्चनरुप –३ स्थित शङ्कर माध्यमिक विद्यालय, सुव्वाटोलको परिसरमा आयोजना कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी प्रदेशसभा क्षेत्र ’ख’ का सभापति उमेश मिश्रले “बीपी कोइरालाले जुन समाजवादको सपना देखेका थिए, त्यो अझै अपूरो छ । आजको पुस्ताले उनका विचारलाई व्यवहारमा उतार्न सक्छ भने त्यो नै सच्चा श्रद्धाञ्जली हुने बताए ।
नगर सभापति कैलाश साहले बीपीको स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन वृक्षरोपणका माध्यम रोजिएको बताए । सुव्वाटोलको परिसरमा कार्यक्रम सकेर  नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य तथा कञ्चनरूप नगरपालिकाका नगर उप प्रमुख मुना कुमारी पोखरेल धरमपुर स्थित बीपी. चौकमा बीपी. कोइरालाको सालिकमा माल्यार्पण गर्न पुकेकि थिएन ।
यस्तै कार्यक्रममा दुबै पक्षले बीपी. को “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” को आदर्शलाई स्मरण गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।
तर एउटै पार्टीको एउटै अवसरमा अलगअलग कार्यक्रम हुनुले काँग्रेस भित्रको एकता अझै कमजोर रहेको सङ्केत गरेको स्थानीय विश्लेषकहरूले बताएका छन् । 
धरमपुर स्थित बीपी. चौकमा आयोजीत कार्यक्रममामा जनमत पार्टीका युवा नेता तथा कञ्चनरूप नगरपालिका वडा नं.४ का वडा अध्यक्ष पदका उम्मेदवार तिर्थ नारायण भगत नेतृत्वको समूह नेपाली काँग्रेसमा प्रवेश गरेका छन । बसन्त विश्वास, महिला अगुवा कविता चौधरी, उमा देवी चौधरी र कञ्चनरूप वडा नं. ११ का भोला सदा लगायत विभिन्न राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश भएका छन । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस मधेश प्रदेशका महासचिव पर्शुराम चौधरी तथा क्षेत्रीय सभापति एवं नगरप्रमुख ललन प्रसाद गुप्ताले संयुक्त रूपमा दोसल्ला ओढाएर र अबिर लगाएर पार्टीमा प्रवेस गराए । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार