मुख्य समाचार
कञ्चनरूप पडेमाराका अग्निीपीडितलाई गृहमन्त्री लेखीले गरे आर्थिक सहयोग | कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय | सप्तरी माओवादी केन्द्रको जिल्ला अध्यक्षमा छेदी रजक चयन | कञ्चनरूप पडेमाराका अग्निपीडितलाई नगद राहत वितरण | सप्तरीमै दोश्रो निजी विद्यालय संस्थापक सिटौलाको निधन भोलि कञ्चनरूप क्षेत्रका निजी विद्यालयहरू बन्द रहने | पत्रकार महासंघ सप्तरीको ११ औं अधिवेशन बैशाख १६ गते तिरहुतको लोहजरा दह हुने | शंकर मावि काष्ठमहलबाट कक्षा १२ को परीक्षा १०२ जना विद्यार्थीहरू सहभागि हुँदै | कञ्चनरूपको पडेमारामा आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति | सप्तरीको डाक्नेश्वरीमा एक दलित परिवारको ऋण मिन्हा | डाक्नेश्वरीको मुपहरी टोलमा अग्नि पीडित परिवारलाई आवास हस्तान्तरण |

उदयपुरको गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, तीन घाइते

Kanchan24 27+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

उदयपुर सदरमुकाम गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एक  महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित आँखा अस्पताल नजिकै भएको दुर्घटनामा गम्भीर घाइते भएकी लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१० बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स ८ प ४३२९ नं। को स्कुटरलाई सोही दिशाबाट आएको प्र १–०५–००१ प ९४३३ नं. को अर्को स्कुटरले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका थिए।
दुर्घटनामा परी टाउको र अनुहार भरी घाउचोट लागेर गम्भीर घाइते स ८ प ४३२९ स्कुटर चालक त्रियुगा नगरपालिका-१३ असारी ज्योति टोलकी ३८ वर्षीय खत्रीको मृत्यु भएको हो।
घाइते खत्रीलाई सुरुमा जिल्ला अस्पताल उदयपुरमा राखेर उपचार गरे पनि सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। त्यहाँ निको नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि आइतबार बिहान उनलाई जिल्ला अस्पताल उदयपुरमै ल्याइएको थियो।
उपचारकै क्रममा १०ः३० बजे अस्पतालले खत्रीलाई मृत घोषित गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए। मृतकको शव अस्पतालको शव गृहमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी चौधरीले बताए। 
स ८ प ४३२९ स्कुटरको पछाडि सवार त्रियुगा-१३ ज्योती टोलकै ३२ वर्षीय कल्पना खत्रीको बायाँ गाला र दुवै हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल गाईघाटमै उपचार भइरहेको छ। ९४३३ नं। को स्कुटरको पछाडि सवार त्रियुगा(१० घले टोलका २५ वर्षीय निशान भुजेल सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयदेखि झण्डै १ किलोमिटर दक्षिणमा पर्ने घटनास्थलमा प्रहरी सहायक निरीक्षकको कमान्डमा टोलीले घाइतेहरूको उद्धार गरी उपचारार्थ अस्पताल पुर्‍याएको थियो।
प्रहरीले ओभरटेक गर्ने ९४३३ नं. को स्कुटर चालक त्रियुगा नगरपालिका-१० घले टोलका २४ वर्षीय विशाल भुजेललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार