मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |
मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |


रूपनगरमा सामुदायिक प्राथमिक विद्यालयका शिक्षकलाई कम्प्यूटर तालिम शुरु

Kanchan24 324+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइु अभियान अन्तर्गत प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाहरूलाई आधारभूत कम्प्युटर तालिम आजबाट आरम्भ भयो।

रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले क्याम्पसको कम्प्युटर प्रयोगशालामा सो तालिम शुरु गर्नुभयो।

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाका तीन वटा सरकारी प्राथमिक विद्यालयका ११ जना शिक्षिका र एक जना शिक्षक गरी जम्मा १२ जना शिक्षक शिक्षिका उक्त तालिममा सहभागी छन्।

प्राध्यापक गजुरेलको नेतृत्व तथा निर्देशनमा चल्ने यो दुई महिने आधारभूत कम्प्युटर तालिम दलित सरोकार मञ्चका कम्प्युटर प्रशिक्षक अविनाश गजुरेलले सञ्चालन गर्नैछन।

ुसामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइु नाम दिइएको शिक्षा सुधारका लागि थालिएको यो अभियान रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पस, एक्मी इन्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा थालिएको जानकारी आयोजकहरूले दिएका छन्।

सरकारी प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाका साथै ती विद्यालयमा पढ्ने बालबालिकाहरूलाई समेत आधारभूत कम्प्युटर सीप सिकाइने जानकारी दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दिए।

एक्मी इन्जिनियरिङ कलेजले दिएको कम्प्युटर र दलित सरोकार मञ्चले व्यवस्था गरेको प्रशिक्षकबाट बालबालिकाहरूलाई कम्प्युटर सिकाउने कार्यक्रम विद्यालय हातामै सञ्चालन गरिनेछ। कम्प्युटर सिकाइसँगै बालबालिकाहरूलाई अङ्ग्रेजी बोल्न समेत सिकाइनेछ।

कञ्चनरूप नगरपालिका अन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालय छनौट गरी यो अभियानमा सामेल गराइएको जानकारी आयोजकहरूले दिएका छन्।

ुहाम्रो अभियान भर्खर शुरु भएको छ। पहिलो चरणमा तीन वटा सरकारी विद्यालय मात्र छनौट गरेका छौँ,ु एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनियर प्रदीप कुमार पौड्याल भन्नुहुन्छ, ुगाउँका गरीब परिवारका ससाना बालबालिकाहरूलाई कम्प्युटर सिकाउने हाम्रो यो अभियान यी तीन वटा विद्यालयमा सफल भयो भने यसलाई हामी अझ विस्तार गर्नेछौँ।

अभियानको अर्को सहयात्री दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान भन्नुहुन्छ, ुहामीले थालेको यो अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गरिनेछ। कार्यक्रमको सफलताका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, समुदाय, जनप्रतिनिधि सबै पक्षको सहयोग चाहिँ जरूरी हुन्छ।

ुचार कक्षामा पढ्ने तर कखरा र बाह्रखरी समेत राम्रो नजान्ने, अत्यन्तै पछाडि परेका यी साना बच्चाहरूलाई कम्प्युटर सिकाउनुका साथै अङ्ग्रेजी बोल्न समेत सिकाउने हाम्रो उद्देश्य हो,ु प्राध्यापक गजुरेल भनाएछ । 

ुहामीले गाउँको शिक्षामा एक प्रकारको ुउथल पुथलु ल्याउन खोजेका हौँ,ु प्राध्यापक गजुरेल थप्नुहुन्छ, ुसाह्रै दुखद र चिन्ताजनक अवस्थामा पुर्‍याइएको छ हाम्रो सार्वजनिक शिक्षाको स्तर। कसैले त शुरु गर्नुपर्योस१ अर्कालाई गाली गरेर मात्र कति बस्नेरु मैले चाहिँ के गरेँरु अन्तरआत्मालाई साक्षी राखेर आफैँलाई सोध्ने बेला भएन प्रत्येक नेपालीलेरुु

२०८२ चैत्रमा सकिने यो शैक्षिक सत्रको अन्त्य सम्ममा यी तीन विद्यालय प्रत्येकका कम्तिमा ४-६ जना विद्यार्थीलाई मात्र भए पनि कम्प्युटर भेट्यो कि चलाइहाल्ने र टाक्क टुक्क अङ्ग्रेजी बोल्न सक्ने बनाउने हाम्रो अहिलेको उद्देश्य हो,. पौड्याल, गजुरेल, र पासवान तीनै जना एक स्वरमा महत्वाकाँक्षी सुनिनु हुन्छ।

बालबालिकाहरूलाई उनीहरूका विद्यालय हातामै दिइने तालिमका लागि आवश्यक कम्प्युटर एक्मी इन्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्युटर र अङ्ग्रेजी सिकाउने शिक्षकको पारिश्रमिक दलित सरोकार मञ्चले व्यहोर्ने भएको छ।

ुगरीबका बच्चाहरू मात्र पढ्नेु पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि पाँच कक्षा सम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवतस् नेपालमै पहिलो हो।

अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसले पाएको छ। यसका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको जानकारी क्याम्पसले दिएको छ।स्रोतस: रूपनगर क्याम्पस फिचर सेवा

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार