मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनमा राप्रपाको आपत्ति

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समुहले नेपालका प्रभावशाली नेताहरुलाई हिन्दू धर्मको पक्षमा बोल्न पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनद्वारा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ ले यस्तो दाबी गरेको हो ।

अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुरुप अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी यो प्रतिवेदन तयार पार्दै आएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकार, मानवअधिकारकर्मी, प्राज्ञ, सञ्चार माध्यम तथा अन्य स्रोतबाट प्राप्त गरेको सुचनाको आधारमा उक्त प्रतिवेदनमा नेपालको धार्मिक स्वतन्त्रताको अवस्थाबारे टिप्पणी गरिएको जनाइएको छ ।

प्रतिवेदनको १३ औँ पृष्ठमा नेपालको धार्मिक स्वततन्त्रताबारे टिप्पणी गर्दै भारतको सत्तारुढ दल तथा अन्य हिन्दुवादी धार्मिक समुहले नेपालका प्रभावशाली नेता र त्यसमा पनि राप्रपालाई हिन्दु राष्ट्र कायम गर्नका निमित्त दबाब दिदै आएको दाबी गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले आफूले पनि उक्त प्रतिवेदनको बारेमा सूचना प्राप्त गरेको बताए । राप्रपा वा पार्टीका नेताहरु भाजपा वा भाजपा निकट संस्थाहरुबाट आर्थिक लाभ लिएको भन्ने दाबी शतप्रतिशत गलत रहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार