मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

रेशम चौधरीको पार्टीले गर्यो नेपाल बन्दको घोषणा

Kanchan24 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै आफूलाई जन्मकैदको सजाय हुने फैसला सुनाएपछि बुधबार रेशम चौधरीले विज्ञप्ति निकालेर सर्वोच्चको फैसलाको सम्मान गर्न र सामाजिक सञ्जालहरूमा त्यसविरुद्ध नलेख्न आग्रह गरे ।

टीकापुर हत्याकाण्डको मुद्दामा सर्वोच्चबाट जन्मकैदको सजाय सदर भए पनि आफू विचलित नभएको उल्लेख गर्दै चौधरीले पुनरावलोकनको बाटो खुला रहेको पनि जनाएका थिए । सर्वोच्चको फैसला आफूप्रति न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नरहेको चौधरीको भनाइ थियो ।

‘कैलालीको टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ । हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं । साथै, सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ,’ चौधरीले भनेका छन् ।

चौधरीले यसो भने पनि उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले भने टीकापुर घटनालाई राजनीतिक घटना रहेको दाबी गर्दै यो अदालती मुद्दा नरहेको निष्कर्ष निकालेको छ । 'हिजोका सम्मानित अदालतको फैसला न्यायमूर्तीहरूका निर्यण स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन,' नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नाउपाले दुईवटा माग राख्दै यही ६ जेठदेखि १० जेठसम्म नेपालबन्द गर्ने घोषणा पनि गरेको छ । 'जेष्ठ ३, ४, ५ गते देशव्यापी राँके जुलुश प्रदर्शनी, कोँण सभा र जेष्ठ ६ गतेदेखि १० सम्म नेपालबन्द गर्ने घोषणा यसै प्रेस विज्ञप्तिबाट जानकारी गराइन्छ ।'

नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 'सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ,' विज्ञप्तिमा भनिएको छ, 'लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवस हुनेछौँ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार