मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको परिषद् भेला लेटाङमा सम्पन्न

Kanchan24 1+ समाचार ( )
२ आषाढ २०८०, शनिबार

लेटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको २५ औं जिल्ला परिषद् भेला लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । संगठनका मोरङ अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा लेटाङ नगरपालिका ४ स्थित जनसेवा सामुदायीक वन समूहको हलमा भएको भेलामा संगठनमा आवद्ध मोरङ जिल्ला भरिका करिव ४ सयजना शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शिक्षक संगठनका कोशी प्रदेश संयोजक धर्मानन्द खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, शिक्षक संगठनका कोशी प्रदेश सचिव रघुनाथ मिश्र,  केन्द्रीय सदस्य रिता पाठक, प्रदेश सदस्य नरेन्द्र बहादुर खड्का, नेकपा एमाले लेटाङका सचिव जीत बहादुर लामा, लेटाङका वडाध्यक्षहरु विष्णु मगर, राम श्रेष्ठ, भूम सूर्य मगर लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

भेलामा संगठनका मोरङ सचिव विन्दु कुमार लावतीले सांगठनीक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले शिक्षक संगठनका हरेक गतिविधिहरुमा आफ्नो दरिलो उपस्थिति जनाउन जिल्ला र पालिका कमिटीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले नृत्य र कविता समेत वाचन गरेका थिए । मोरङमा २१ सय बढी संठगनमा आवद्ध शिक्षकहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार