कञ्चनरूप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सप्तरीमा जारी पालिका अधिवेशनबाट सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ।
सप्तकोशी नगरपालिकाको नगर सभापतिमा युवराज खनाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, तिरहुत गाउँपालिकाको सभापतिमा घनानन्द महात्मान यादव पनि निर्विरोध निर्वाचित भएका छन्।
दुवै पालिकामा नेतृत्वका लागि अन्य दाबेदार नदेखिएपछि खनाल र यादव सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। उनीहरूको निर्विरोध चयनसँगै स्थानीय तहमा कांग्रेसको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने जिम्मेवारीसमेत आएको छ।
अधिवेशनले पालिका कार्यसमितिसँगै पार्टीको स्थानीय नेतृत्वलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। निर्वाचित दुवै सभापतिले पार्टीका नेता–कार्यकर्ताबीचको एकता कायम गर्दै संगठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने बताएका छन्।
सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध
११ अशोज २०८३, आइतबार