मुख्य समाचार
खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो |
मुख्य समाचार
खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो |

अविरल वर्षा पछिको बाढी
अविरल वर्षा पछिको बाढीले सप्तरीमा वितण्डा ,कयौं परिवारको बिचल्ली

Kanchan24 349+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

राजविराज । अविरल वर्षा पछिको बाढीले सप्तरी सदरमुकाम सहित जिल्लाका विभिन्न ठाउँमा दर्जनौँ भन्दा बढी घरहरू डुबानमा परेका छन ।

जिल्लाको रुपनी गाउँपालिका –१ मा खाडो नदीको बाढी बस्तीमा प्रवेश गरेपछि सप्तरीको ५० घर डुबानमा परेको छ । खाँडो नदीको होचो तटबन्ध पार गरेर बस्तीमा बाढी पस्दा रुपनी –१ को बस्ती  डुबानमा परेको पालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।

गएराती देखि आएको अविरल वर्षाले खाडो, महुली,सुन्दरी,खडक, बलान खोलाको बाढी बस्ती पस्दा दर्जनौं गाउँका सयौँ घर डुबानमा परेको हो ।

रुपनी गाउँपालिका १ स्थित खाँडो खोलाको होचो तटबन्ध पार गरेर बस्तीमा बाढी पस्दा ३० भन्दाबढी घर डुबानमा परेको स्थानीयले बताएका छन् । 

लगातार आएको मुसलधारे वर्षाले सदरमुकाम राजविराजका ६ दर्जनभन्दा बढी घर डुबानमा परेको छ भने जिल्लाको कञ्चनरूप नगरपालिका– ३ र ११ तथा तिरहुत गाउँपालिका– १ र २  तिलाठी कोइलाडी गाउँपालिका ७ मा समेत बाढी पसेको छ ।

अविरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । निरन्तरको वर्षासँगै ठाउँठाउँमा डुबान भएको छ ।  

सप्तरीका अधिकांश स्थान जलमग्न बनेका छन्। महुली खोलाको पानीले कञ्चनरूप वडा नम्बर १ बैरवा र पोर्ताहामा धेरै सडकहरु क्षतिग्रस्त हुनुका साथै गाउँहरू समेत डुबानमा परेका छन् । महेन्द्र राजमार्गमा पनि क्षति पु¥याएको छ । पानीले भरिएर तलाउ जस्तै बनेका छ । वर्षा भएर डुबान सुरु भएपछि जनप्रतिनिधिहरू डुबान प्रभावित क्षेत्रमा पुग्ने गरेका छन । 

यता जिल्ला सदरमुकाम स्थित घरेलु तथा साना उद्योग कार्यालयमा  पानी पस्दा जलमग्न भएको छ । गएराति देखि भएको वर्षाका कारण  कार्यालय जलमग्न हुँदा कामकाज प्रभावित भएको छ । कार्यालय परिसरमा वर्षाको पानी जमेर आवतजावतमा समेत समस्या भएपछि पम्पिंग सेट लगाएर पानी फाल्नु परेको घरेलु तथा साना उधोग कार्यालय राजविराजले जनाएको छ ।

वर्षाको पानी कार्यालय प्रमुख आवास, स्टोर शाखा, फायल फाँट, स्टाप कोठामा छिरेका कारण काम गर्नमा समस्या भएको कार्यालय प्रमुख रेखा कुमारी यादवले जानकारी दिइन् । सम्भावित वर्षालाई मध्यनजर गरी कोठाभित्र पानी नछिरोस् भन्ने हेतु प्रारम्भिक चरणको मर्मत कार्य गर्दा समेत वर्षा भएपछि पानी रोक्न नसकिएको कार्यालय प्रमुख यादवले बताइन् । 

बर्सेनी यस्तै समस्या भोग्न परेको र तत्कालका लागि टस हालेर छुट्टै भवन निर्माण  थालनी गरिएको भएपनि बजेट अपुग भएर काम अधुरै रहेको कार्यालय प्रमुख यादवको भनाई छ ।

रुपनी गाउँपालिका १ स्थित तटबन्ध सतह माथिबाट बाढी गाउँ पसेपछि पुरै बस्ती नै जलमग्न भएको छ । स्थानीय असर्फी मरिक,महेन्द्र मरिक,राजेन्द्र मरिक,राम नारायण महतो,सरोज महतो,मनोज महतो,राज कुमार ठाकुर ,मो। गुलाब रसुल,खोजेदा खातुन,मो। सजाद,तसलिम मियांँ,मो ।सहिम,मो। सफरुदिन,मो। जिन्नत,मो। साबिर,मो। इरफान,मो। सहोद,गुलजार मिंयांँ,कमलेश यादव,जुवेदा खातुन,पिन्की सरदार लगायत २५ घर जलमग्न हुँदा सयौँ व्यक्ति बिचल्लीमा परेका छन् ।

यसै गरी महुली खोलाको तिरहुत गाउँपालिका वडा नम्बर १ स्थित बाँध बुधबार बिहान भत्किएको छ । करिब २ सय मिटर बाँध भत्किँदा मा भत्किँदा हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ३ पोर्ताहका सयौँ घर डुबानमा परेको हो । बाढीको पानी घरभित्र पस्दा यस क्षेत्रका बासिन्दालाई बस्न समेत समस्या भएको छ । पानीका कारण खाना पकाउन समेत समस्या भएकाले भोकभोकै बस्नुपरेको स्थानीयले बताएका छन् । बाढीको पानी पस्दा प्रसिद्ध कंकालिनी मन्दिरको प्राङ्गणमा पनि डुबानमा परेको छ । बाँध भत्किएर बाढी गाउँमै पसेपछि पीडितहरूले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार