मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

लेटाङ माइती बताउने महिलाद्वारा परिवारसँग भेट गराइदिन आग्रह

Kanchan24 1+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

मोरङ । करिव ३ वर्षअघि मानसिक सन्तुलन ठीक नभएको अवस्थामा फेला पारिएकी एक महिलाले आफ्नो घरपरिवारसँग घेट गराइ दिन आग्रह गरेकी छन् । काठमाडौंको कोशिस नेपाल नामक गैरसरकारी संस्थाको संरक्षणमा रहेकी नाम मञ्जू गुरुङ र मोरङ लेटाङ माइतीघर बताउने करिव ४०-४५ वर्षीया महिलाले आफन्त खोजि गरिदिन आग्रह गरेकी हुन् ।

करिव ३ वर्ष अघि सप्तरीमा प्रहरीले भेटेर एकद्वार संकट व्यवस्थापन केन्द्र सप्तरीमा बुझाएकोमा कोशिस नेपालले त्यहाँबाट उद्धार गरि काठमाडौं लगेर संरक्षण गर्दै आएकी ति महिलाको मानसिक अवस्थामा सुधार आएपछि उनले आफ्नो घरपरिवार खोजि दिन आग्रह गरेकी हुन् । मानसिक सन्तुलन ठीक नभएका महिलाहरुलाई संरक्षण र उपचार गर्दै आएको कोशिस नेपालको संरक्षणमा रहेकी ती महिलाले यतिबेला आफ्नो बारेमा केही जानकारी दिन थालेको र घरपरिवारसँग भेट गराइदिन आग्रह गरेपछि कोशिस नेपालले आफन्तको खोजि गर्न थालेको हो ।

ति महिलाले आफ्नो माइती घर लेटाङ-७ भएको बताउने गरेकी छन् भने कानेपोखरी, बुधबारे, शनशरे जस्ता ठाउँको नाम लिने गरेको कोशिस नेपालकी सामाजिक कार्यकर्ता भगवती वास्ताकोटीले जानकारी दिनुभयो । महिलाले माइती लेटाङ भनेपछि आफुले लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलालाई सम्पर्क गरि खोजी कार्यका लागि अनुरोध गरेको उहाँको भनाइ छ ।

यता लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले कोशिस नेपालबाट जानकारी आएपछि आफुले साविक लेटाङ ७ पर्ने लेटाङ २ फडानी र बुधबारे क्षेत्रमा खोजी गर्दा समेत आफन्त नभेटिएको जानकारी दिनुभयो ।

ति महिलाले लेटाङ माइती र घर झापा विर्तामोड भएको र आफ्ना श्रीमान् भारत जाने आउने गरेको पनि बताउने गरेकी छन् । उनले आफ्नो श्रीमानको नाम हर्क गुरुङ, छोराको नाम धने र गणेश तथा बुबाको विर्ख बहादुर गुरुङ र आमाको नाम चन्द्रमाया गुरुङ बताउने गरेकी छन् । साथै उनले आफ्ना बुबा आमालाई गाउँमा रामेको आमाबुबा तथा आसामबाट आएको भनेर चिन्ने गरेको पनि बताएकी छन् ।

लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले यतिका धेरै जानकारी पाउँदा समेत ति महिलाको आफन्त नभेटिएकाले सञ्चारमाध्यमबाट सबैतिर खबर पुर्याएर खोजी गर्ने प्रयास भइरहेको जानकारी दिनभुयो । उहाँले कसैले महिलाको घरपरिवार भेटेमा आफ्नो मोवाइल नम्बर ९८५२०७५३१० मा वा लेटाङ नगरपालिकामा सम्पर्क गरि दिनपनि आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार