मुख्य समाचार
कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा |

नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी

Kanchan24 355+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले आफूलाई सूचना नदिई कानुनविपरीत नगरसभा बसेर बजेट पारित गरिएको दाबी गर्दै दायर गरेको रिटमा उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नगरसभाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ तर पनि नगरप्रमुख ललन प्रसाद गुप्ताले असार १० गते १२औं नगरसभा गर्ने तयारी गरिरहेका छन् । 

कञ्चनरूप नगरपालिका प्रति पक्षी तथा निखर्तम प्रतिस्पर्धीे रहेर  एवम् मेयरका प्रत्यासी भोला पासवानले यस कदमलाई असंवैधानिक ठहर भन्र्दैै कानुन र संविधानको पूर्ण सम्मान गर्नुपर्ने जोड दिएका छन् ।

पासवानले फेसबुकमार्फत जारी गरेको सन्देशमा भनेका छन्, “नगरपालिकामा उपप्रमुखलाई जानकारी नदिई नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु र अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि फेरि अवैध सभा गर्ने प्रयास गर्नु संविधानमाथि हस्तक्षेप र कानुनी शासनको उपहास हो । हामी जनप्रतिनिधि हौ, जनताको विश्वासले चुनेका, तानाशाही शैलीले होइन ।”

उनले थपे, “कञ्चनरुप मा पारदर्शिता, समावेशिता र विधिको शासनको प्रत्याभूति गराउन म कटिबद्ध छु र असंवैधानिक अभ्यासको कडा विरोध गर्छु। जनताको आवाज कमजोर नहोस्, कानुनको शासन बलियो बनोस ्।”

यस अघि उपप्रमुख पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान उल्लङ्घन गर्दै बजेट तथा कार्यक्रम पारित गरिएको भन्दै रिट दायर गरेकी थिइन्। अदालतले असार १२ गते थप छलफलका लागि पेसी तोकेको छ र विपक्षीलाई लिखित जवाफ पेश गर्न १५ दिन भित्र म्याद दिएको छ ।

यस विषयले कञ्चनरुप मा स्थानीय शासन र विधिको शासनमाथि उठेको प्रश्नलाई अझ बलियो बनाएको छ। अब अदालतको निर्णयले आगामी नगरसभाको भविष्य र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुरा स्पष्ट गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार