मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

राजावादीहरू आन्दोलनको नाममा अराजक गतिविधि देखाए : माधव कुमार नेपाल

Kanchan24 333+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

कञ्चनरूप । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजालाई राजनीति गर्ने मन भए पार्टी खोलेर निर्वाचनमा भाग लिई बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागू गर्न सक्ने बाटो खुला रहको बताएका छन । 
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सप्तरीको दशौं जिल्ला अधिवेशन उद्‍घाटन गर्दै बुधबार राजविराजमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 
आन्दोलनको नाममा लुटपाट गरेर अराजक गतिविधि देखाउदै आफूहरूको पार्टी कार्यालयमा तोडफोडका साथै सम्पत्ति लुटपाट गरी राजावादी पक्षधरहरू गुण्डागर्दीमा उत्रेको बताए 
उनले सप्तरीमा राजावादीलाई आउन नदिन आग्रह गरे । ‘यहाँ आए बरमझियाको पेडा नै लुटेर लग्छन्’ उनले भने, ‘त्यहीँ भएर पेडा पसलेहरू होसियार !’
वंशवादको शासनको नाउँमा फेरी जङ्गबहादुरलाई ल्याउने हो भन्दै उनले प्रश्न गरे । नेपालमा वंशका आधारमा निरंकुश शासन गर्ने प्रणाली सदाका लागि अन्त्य भएको उनको दावी थियो । 
राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफू समेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको उनले जिकिर गरे । आफू समेत पूर्वराजा ज्ञानेन्द्रबाट दुःख पाएको स्मरण गर्दै उनले मोबाइल खोसी, सम्पर्क विहीन बनाई र घरमा नजरबन्द राखेको अनुभव समेत सुनाए ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित उद्‌घाटन समारोहमा केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश सांसद एवं पुर्व मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश अध्यक्ष एवं पोलिटब्युरो सदस्य रामचन्द्र यादव, प्रदेश सचिव एवं पोलिटब्युरो सदस्य सुधीर साह, महिला नेतृ एवं पोलिट्ब्युरो सदस्य उषा पोखरेल, पार्टीका प्रचारप्रसार विभागका केन्द्रिय प्रकाश खतिवडा, नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा लगायतको उपस्थिति रहेको थियो । 
बुधवार नै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले जिल्ला समन्वय समितिको सभाकक्षमा सभापति शिवनारायण साहको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर जिल्लाको समग्र सुरक्षा अवस्था, राजावादीको गतिविधि तथा सीमा क्षेत्रका सुरक्षा चुनौती लगायतका विषयमा आवश्यक जानकारी समेत लिएका थिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार