मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

Kanchan24.com यात्रा पाँचौ वर्षमा प्रवेश

Anil Pokharel 37+ समाचार ( )
६ अशोज २०८१, आइतबार

आज देखि हामी चौथो वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेका छौं । आजैका दिन २०७७ साल आश्विन ६ गतेका दिन Kanchan24.com शुभारम्भ भएको हो । समय वित्न धेरै दिन लाग्दो रहेनछ । सप्तरीको कञ्चनरूपबाट प्रकाशन सुरु गरेको यस Kanchan24.com प्रकाशनको ४ वर्ष पुरा गरी आजबाट पाँचौ वर्षमा प्रवेश गरेको छ ।  प्रकाशन प्रारम्भ गर्दै सफलतापूर्वक चौथो वर्ष पार गर्न सम्म सहयोग पुर्‍याउनुहुने सम्पूर्णका हार्दिक आभार व्यक्त गर्दछौँ । अनलाइन पत्रिका स्थापनाताका कोरोना महामारीको कहर थियो । कोरोनाकै कारण देशभर पत्रकारिताको अवस्था अत्यन्त नाजुक थियो । लामो समयदेखि प्रकाशन हुँदै आएका यहाँका धेरै जसो पत्रपत्रिका बन्द हुन पुगेका थिए ।
कोरोनाका कारण आर्थिक अवस्था खस्केको थियो । बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै धराशायी थिए । तर, हामीले सोही बेला सबै चुनौती जान्दाजान्दै अनलाइन पत्रिका प्रकाशन आरम्भ गर्ने आट ग¥यौ र अनलाइन माध्यमबाट अनलाइन पत्रिका प्रकाशन आरम्भ ग¥यौ
विधिवत रुपमा कम्पनी रजिस्ट्रारको कार्यलयमा कम्पनी दर्ता गरि सूचना विभाग तथा प्रेस काउन्सिलको मापदण्ड अनुसार दर्ता भई प्रकाशन अनुमतिका साथ जनतालाई सत्य तथ्य सूचना प्रवाह गर्ने हाम्रो उद्देश्यले मूर्त रूप लिइरहेको हामीले महसुस गरेका छौ । 
प्रकाशन को सुरुवात देखि हालसम्म विभिन्न अवस्थामा हामीलाई विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नमा सहयोग पुराउनुहुने सम्पूर्ण विज्ञापनदाता महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । यहाँहरूको साथ, सहयोग र विश्वासले पत्रिकालाई नियमित प्रकाशन गर्न सफल भएका छौ, आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोग यसैगरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौ ।
प्रभावकारी सूचना दिन हामी सँधै सचेत र सजग रहने नै छौँ । पत्रकारिताको धर्म, मर्म र आचार संहिता पालनामा अडिक छौँ । अहिलेको अवस्थामा अनलाइन मिडिया सबैभन्दा प्रभावकारी माध्यम हो भनेर आम जनमानसले पनि बुझेका छन् ।  सबै प्रति हामी आभारी छौँ । 
अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान प्रति जिम्मेवार छौँ र रहने छौँ भन्ने प्रण समेत दिलाउँदै आगामी दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहन्छौँ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार