मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

संविधान शक्ति सन्तुलनको दस्तावेज : एमाले नेता सुमनराज प्याकुरेल

Kanchan24 358+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

कञ्चनरूप । पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता सुमनराज प्याकुरेलले संविधान शक्ति सन्तुलनको दस्तावेज भएको बताएका छन । 
बिहीबार संविधान दिवसको अवसर कञ्चनरूप नगरपालिकाले आयोजना गरेको  संविधान तथा  राष्टिय दिवसलाई सम्वोधन गर्ने यस्तो बताएका हुन ।  नेता प्याकुरेलले राजनैतिक शक्तिहरूको स्थिति जस्तो जस्तो हुन्छ त्यो देशको राजनीतिक परिस्थिति अनुसारको संविधान निर्माण भएको हुन्छ । 
नेता प्याकुरेलले जुन बर्ग जति बलियो हुन्छ त्यसले आफ्नो अनुकुलको संविधान बनाउने गरेको बताए । 
यसैगरी कञ्चनरूपका मेयर प्रत्यासी उममेदवार इन्द्रदेव कौगगिायले संविधान भित्र रहेर संविधानकै अपव्याख्या गर्नु गलत भएको बताए । उनले नेपालको संविधान नेपाली जनताको लागी बनेको हो तसैले जनताको चाहना अनुसार पश्चगामि तर्फ नगएर अग्रगामी तर्फ जाँदा दलित, मधेसी, जनजाति, मुस्लिम लगायतका अधिकार कटौती नगरी संविधान संशोधन संविधान दिवसको औचित्य हुने बताए । 
यसैगरी नेकपा माओवादी केन्द्रका कञ्चनरूप नगर इन्चार्ज सत्य नारायण चौधरीले हजारौँ जनताको बलिदानबाट बनेको संविधान बुँदा गत रुपमा टिपोट बनाई आम जनताको बिच छलफल गरी संशोधन गर्नेमा आफू र आफ्नो पाटीको धारण रहेको बताए । 
कञ्चनरुपका नगर प्रमुख ललन प्रसाद गुप्ताले तीन तीन चोटी शिलान्यास भएको मदन भण्डारी खेल ग्राम अलपत्र छ त्यस तर्फ कसैको पहल छैन  खाली मेरी पछाडि लागेका छन । आफू अघिल्लो चोटी मेयरमा पराजित हुँदा कहिलै कुनै पाटीको र निर्वाचित मेयरको पछि लागेर विरोध गरीन बरु वहाँहरूकै  साथमा नगरको हित र विकासमा लागेको बताए । 
शान्तिको कामना गर्दै पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता सुमनराज प्याकुरेल तथा कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले संयुक्त रुपमा एक जोर परेवा  उडाएका थिए । कार्यक्रममा समाज सेवी देवेन्द्र गुप्ता ,तनुक लाल बरही , पूर्व वडा अध्यक्ष राजकुमार साह , उपप्रमुख मुना कुमारी पोखरेल लगायतले मन्तव्य राखेका थिए भने  प्रमुख प्रशासकीय अधिकृतमा नवराज खड्का ,विभिन्न  राजनैतिक दलका प्रतिनिधि , नेपाल प्रहरी, शसत्र प्रहरीका प्रतिनिधि पत्रकार , कार्यपालिका सदस्य वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रममा स्वागत वडा अध्यक्ष श्यमान्नद चौधरीले गरेका थिए भने कार्यक्रममा सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर प्रसाद गुप्ताले गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार