मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |
मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |


सप्तरी प्रिमियर लिगको सेमिफाइनलमा कञ्चनरूप राइनोज र छिन्नमस्ता प्रवेश

Kanchan24 324+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

कञ्चनरूप सप्तरीको राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिगको छैटौँ संस्करण अन्तर्गत छैटौँ दिन बुधबार सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएसँगै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा तेश्रो जित निकालेसँगै कञ्चनरूप राइनोज सेमिफाइनलमा प्रवेश गरेको छ भने दोश्रो खेलमा  छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई पराजित सेमिफाइनलमा प्रवेश गरेका हुन ।  
राजविराज राजदेवीले दिएको १५५ रनको लक्ष्य कञ्चनरूप राइनोजले ३ ओभर बाँकी हुँदै ४ विकेट गुमाएर भेटायो । कञ्चनरूपका ओपनर सुभ कंसाकारले ९३ रन बनाउदैछ जितमा अहम् भूमिका निभाए । प्लेयर अफ द म्याच घोषित कंसाकारले ५३ बलमा ८ चौका र ८ छक्का प्रहार गर्न सफल भएका थिए ।
राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए ।राजदेवी एघारका बलर विजय यादवले २ तथा श्रवण यादव र जितेन्द्र यादवले १÷१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसको लागि श्रवण यादवले सर्वाधिक ५५ रन बनाए जुन क्रममा उनले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हिमांशु दत्ताले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए ।
कञ्चनरूपको बलिंगमा कप्तान राशिद खान र चित्र बहादुर बिष्टले २÷२ विकेट लिए। राशिदले ४ ओभरमा २२ तथा चित्रले ४ ओभरमा १९ रन खर्चिए। दिनेश अधिकारी र अरनिको यादवले १÷१ विकेट लिए । 
आजको दोश्रो खेलमा  छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गर्यो । छिन्नमस्ता लायन्सले दिएको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुलले १७.१ ओभरमा १०२ रनमा सबै विकेट गुमायो। बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३ रन योगदान दिए ।
साहब आलमले अविजित १६, तुल बहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन योगदान दिए । छिन्नमस्ताको बलिंगमा फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए ।
प्लेयर अफ द म्याच समेत घोषित अन्सारीले ३ ओभरमा २८ रन खर्चिए। मोहम्मद सोहेलगुनंद रेले २÷२ विकेट तथा विशाल पटेल र रेवती रेले १÷१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।
छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ३२ रन योगदान दिए भने विशाल पटेलले अविजित २९, फिर्दोश अन्सारी र बिकाश दासले समान २२ रन बनाए ।
बलिंगतर्फ बलान बिहुलका शाहब आलम र बब्बु गोठीयाले समान २ विकेट लिए। बिबेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान १ विकेट लिए ।  ४ खेलमा ३ जित र १ नतिजा विहिन खेल खेलपछि छिन्नमस्ता ७ अंक सहित अंकतालिकाको शीर्षस्थानमा छ । एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान समेत सुरक्षित गरेको छ ।
यस्तै ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा रहेको कन्चनरुप राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ । चारवटै खेलमा हार बेहोरेको बलान बिहुलको एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।
आजको हार पछि ४ खेलमा २ अंक रहेको राजविराज राजदेवी अंकतालिकामा पाँचौ स्थानमा छ । ३ खेलमा ३ अङ्क सहित तिलाठी कोइलाडी चौथो स्थानमा छ । ३ खेलमा ४ अंक सहित तिरहुट टाइगर्स तेश्रो स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत सातौँ दिन बिहिबार पनि दुई खेल हुनेछन् । बिहान ९ः३० बजेको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र कञ्चनरूप राइनोज तथा दिउँसो १ः३० बजेको खेलमा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ । जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।
कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।
 
 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार