मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

मधेश प्रदेशमै पहिलोपटक पातो बजारमा ‘कृषि एक्स्पो २०८२’ सुरु

महेन्द्र सदा 24+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

पातो (सप्तरी) । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, पातो बजारमा मधेश प्रदेशमै पहिलोपटक ‘कृषि एक्स्पो २०८२’ सञ्चालनमा आएको छ।

‘समृद्ध मधेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मूल नारासहित सुरु भएको उक्त कृषि मेलाको उद्घाटन डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मल्लाहले प्रमुख आतिथ्यतामा गरेका हुन्।

पातो बजार हटिया परिसरमा सञ्चालन भएको कृषि एक्स्पो २०८२ मा कृषि, उद्योग तथा पशुपन्छीसम्बन्धी बृहत् प्रदर्शनी राखिएको छ।

आयोजक संस्था डाक्नेश्वरी युवा प्रतिष्ठान, पातोका अध्यक्ष अमरेन्द्र कुमार यादवका अनुसार मधेश प्रदेशमा पहिलोपटक सञ्चालन गरिएको यो मेला १५ दिनसम्म चल्नेछ।

उनका अनुसार मेलामा कृषि उत्पादन, कृषि औजार, पशुपन्छी, स्थानीय उद्योग, व्यवसाय तथा विभिन्न सेवा–सम्बन्धी स्टलहरू राखिएका छन्।

कृषि क्षेत्रको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा किसान, उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ।

कृषि एक्स्पो २०८२ को अवसरमा १५ दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलामा स्थानीय तथा बाह्य कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र जनचासोका विविध गतिविधि समावेश गरिने बताइएको छ।

आयोजकका अनुसार उक्त मेला कृषि, पर्यटन र व्यापारको समन्वयमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

मधेश प्रदेशमै पहिलोपटक यस प्रकारको बृहत् कृषि एक्स्पो सञ्चालन भएपछि स्थानीयवासी, किसान तथा व्यवसायीहरूमा उत्साह देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार