मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

“नझरेका फूलहरू” को ४१ औँ श्रृंखला अन्तर्गत गीताञ्जली साँझ सम्पन्न

Kanchan24 1+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

सुन्दरहरैंचा । सुन्दरहरैंचाका सञ्चारकर्मी केपी घिमिरेद्वारा सञ्चालित “नझरेका फूलहरू”ले आफ्नो ४१ औँ श्रृंखला अन्तर्गत गीताञ्जली साँझ सम्पन्न गरेको छ । लोकप्रिय गीतकार डी.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ सुन्दरहरैंचा १० स्थित प्लानेट लाउञ्जमा सञ्चालन गरिएको गीताञ्जली साँझमा पम्फा चाहार, दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्की लगायतका गायक गायीकाहरुले विभिन्न गीतहरू गाएर दर्शकश्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए । सोही अवसरमा गायीका पम्फा चाहारलाई नझरेका फूलहरू सम्मानद्वारा सम्मानित गरिएको थियो ।

साहित्यकार पुरन राईको अध्यक्षतामा भएको साँगीतिक साँझमा प्रमुख अतिथिको रुपमा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले सहभागिता जनाउनु भएकोमा दुवै जनाले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य, कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले श्रष्टा सम्मान र पलेंटी श्रृंखला कार्यक्रम आयोजना गरेर कला क्षेत्रको संरक्षण र संवद्र्धनमा उल्लेख्य योगदान दिएको बताउनुभयो । उहाँले आगामी दिनमा नझरेका फूलहरूको श्रृंखला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष पुरन राईले नझरेका फूलहरूमार्फत सानो भएपनि सहयोग पठाएर गीतकार डी.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डी.पी. खनालको उपचारमा राहत पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा संकलन भएको रकम खर्च कटाएर गायक डी.पी. खनालको उपचारका लागि पठाइने कार्यक्रम सञ्चालक केपी घिमिरेले जानकारी दिनुभयो । 

कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, गायक हेमन्त शर्मा, तुलसी पराजुली, राज सिग्देल लगायतले सहयोग गर्नु भएको तथा गीताञ्जली साँझलाई भव्य बनाउन प्लानेट लाउञ्ज, रतन टेन्ट, श्री नारायण प्रिन्टिङ प्रेस, ग्राफिक हाउस, इटहरी साउन्ड लगायतको सहयोग रहेको सञ्चालक केपी घिमिरेले जानकारी दिनुभयो । 

कार्यक्रममा स्थानीय समाजसेवी तथा राजनीतिज्ञ ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई, साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङका साथै छवि वैरागी घिमिरे, जे.वी. थुलुङ, यमुना पराजुली, सुरेशकुमार श्रेष्ठ, आइतराज लिम्बू, गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, लोक मोक्तान, राजेन्द्रबहादुर थापा, उत्सव थापा, दिलिप थापा, भीम अधिकारी, वीरेन्द्र श्रेष्ठ, माधव रेग्मी, यादव भट्टराई, गीता कुलुङ, शशी राई, वृषिका तुम्छा, रामकुमार प्रधान, मीना राई, नीरु बजगाईँ, सिर्जना नेपाल, तुलसा आचार्य, केशव कार्की, ज्ञानेन्द्र नेपाल, प्रदीप पराजुली, विराज लुइँटेल, प्रवीण साह, पर्शु खतिवडा लगायत विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरुका साथै सर्जक कलाकार महानुभावको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार