मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सप्तकोशीमा विपद् जोखिम न्यूनिकरणसम्बन्धी १ दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

Kanchan24 325+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

सप्तकोशी । सवल नेपाल र समावेशी अपाङ्ग संघ, राजविराजको संयुक्त आयोजनामा एक दिवसीय "विपद् जोखिम न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम" सप्तरीको सप्तकोशी नगरपालिका–१ मा सम्पन्न भएको छ।

कार्यक्रम विहीबार रक्तमाला नमुना सामुदायिक वन भवनको सभाहलमा आयोजित गरिएको थियो। कार्यक्रममा ‘विपद् भनेको के हो?’, ‘स्थानिय जोखिमहरू के–के हुन्?’, र ‘जोखिम न्यूनिकरणका उपायहरू के–कसरी अपनाउने?’ लगायतका विषयमा जानकारी दिइएको थियो।

सो अवसरमा आयोजक संस्था सवल नेपालका डिआरआर मिल अफिसर झितिज भट्ट र समावेशी अधिकृत ज्ञानेन्द्र झाले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा नं. १ का कार्यवहाक वडाध्यक्षले बोल्दै यस्ता प्रकारका कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाका विपद् फोकल पर्सन, महिला तथा बालबालिका शाखा, सामाजिक सुरक्षा शाखा, लघुउद्यम शाखाका प्रतिनिधिहरूले समेत आ–आफ्नो धारणा राख्दै सहभागीहरूलाई विषयवस्तुमा प्रष्ट पार्नुभयो।

आयोजक संस्थाका अनुसार नगरपालिकाका ११ वटै वडामा गठन गरिएका समावेशी आत्मनिर्भर समूहका सदस्यहरूलाई लक्षित गरी यस्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।

कार्यक्रममा २५ जना अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरूसहितको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सामाजिक परिचालक नवीन कुमार ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया

Manish Maharjan २३ श्रावण २०८२, बिहीबार

समाचार लेखिदिनु भाको मन पर्यो तर अपुरो समाचार लेख्नु भाको छ । तपाईं ले परियोजना काे जानकारी, k कस्तो क्रियाकलाप हरु हुँदै छ, भन्ने विस्तृत जानकारी लेखिदिनु भाको भए खुसी लाग्थ्यो । परियोजना काे नाम दातृ निकाय इत्यादि यसमा छुटेको छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार