मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

लेटाङमा शान्ति निर्माण विषयक अन्तरकृया सम्पन्न

Kanchan24 1+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

लेटाङ । लेटाङमा शान्ति निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरकृया सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च मोरङले संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारी र ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा शान्ति निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका विषयक १ दिवसीय अन्तरकृया गोष्ठी सम्पन्न गरेको हो ।

लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृष्णकुमारी निरौलाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा तर्जुमा गरेका शान्ति निर्माणमा योगदान पुर्याउने  कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ । साथै भावी योजनामा शान्ति निर्माणका लागि रचनात्मक तरिकाले गर्न सकिने कार्यक्रमहरुको पहिचान गर्ने विषयमा पनि छलफल गरिएको छ ।

कार्यक्रममा समुदायमा शान्ति निर्माणमा प्रत्यक्ष योगदान पुर्याउनका लागि टोल विकास संस्थाहरुको सवलीकरण तथा क्षमता विकास र मेलमिलापकर्ताहरुको क्षमता विकास र परिचालनमा विशेष जोड दिनुपर्ने निश्कर्ष समेत निकालिएको छ ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि नगर प्रमुख भूपेन्द्र कुमार लावतीले विकास निर्माणका लागि शान्ति पहिलो शर्त हुने बताउनु भयो । उहाँले शान्ति विना विकास असम्भव हुने भएकाले जातिय, धार्मिक द्वन्द्व हुन नदिन सरकार र नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले धार्मिक सहिष्णुता कायम गर्न टेवा पु¥याउन सक्ने गरी लेटाङको वडा नं. १ राजारानीमा १० करोडको लागतमा निर्माणाधिन अन्तरधार्मिक शान्ति स्मारकको बारेमा पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले नगरपालिकाले शान्ति निर्माणको क्षेत्रमा बनाएका कार्यक्रम बारे जानकारी गराउनुभयो । आर्थिक संकटका कारण बजेट सिलिङ कम भएकाले कार्यक्रम तर्जुमा गर्दा अपर्याप्त बजेट रहेको उपप्रमुख निरौलाले जानकारी गराउनु भयो । 

संस्थाका अध्यक्ष रामचन्द्र बुढाथोकीले अध्यक्षता गर्नु भएको गोष्ठीमा वडा नं. ५ का वडाध्यक्ष भुमबहादुर सूर्य मगर, वडा नं. ५ का वडासदस्य श्री रामबहादुर पौडेल, वडा नं. ३ का वडासदस्य श्री नरेन्द्र प्रसाद पराजुली र वडा नं. ४ का वडासदस्य श्री चम्पाथापा मगर तथा लेटाङ नगरस्तरीय नागरिक समाजका पदाधिकारी र सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, नागरिक समाजका सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार