मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

लेटाङका जनप्रतिनिधिहरुलाई उद्घोषण तथा भाषणकला तालिम (भिडियो सहित)

Kanchan24 1+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकाले जनप्रतिनिधिहरुका लागि ३ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ को सभाहलमा माघ २३ गते मंगलबारदेखि सुरु भएको ३ दिने तालिम आज बिहीबार सम्पन्न भएको हो । 

आज बिहीबार भएको तालिमको समापन समारोहमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । मोरङ खबरका पत्रकार रेवती रमण निरौलाले सहजिकरण गर्नु भएको तालिममा लेटाङ नगरपालिकाका विभन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडासदस्यहरु गरि ३० जनाको सहभागिता रहेको थियो । 

तालिममा सहभागी जनप्रतिनिधिहरुले तालिम निकै फलदायी रहेको भन्दै तालिम आयोजना गरेर नयाँ कुराहरु सिक्ने अवसर दिएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् ।

लेटाङ ९ का वडासदस्य गोपाल मगर, लेटाङ २ की वडासदस्य मिलमाया विसंखे, लेटाङ ६ की वडासदस्य तिलकुमारी नेपाली, वडा नम्बर ३ की वडासदस्य अमिता राई, वडा नम्बर ५ का वडासदस्य राम बहादुर पौडेल, कार्यपालिका सदस्य माया नेपाली, पुरनमाया राई  र गीता मगर लगायतले जनप्रतिनिधिको रुपमा निर्वाचित भएपनि सभासमारोहहरुमा बोल्न समस्या हुने गरेको भन्दै तालिमबाट निकै फाइदा पुगेको बताउनुभयो । 

तालिमको समापन समारोहमा प्रशीक्षार्थी जनप्रतिनिधिहरुले विभिन्न भूमिकामा मन्तव्य समेत प्रस्तुत गरेका थिए  । 

कार्यक्रममा बोल्दै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जीवनमा सिक्ने क्रम सँधै चलिरहने भएकाले जनप्रतिनिधिहरु कुनै पनि कुरा सिक्नका लागि पछि पर्न नहुने बताउनुभयो । 

यस्तै लेटाङ नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत नारायण न्यौपानेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गर्न सकेमात्र तालिमको उपलब्धि हासिल हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो । तालिमको समापन समारोह लेटाङ ४ का वडासदस्य सक्षम सुब्बले सञ्चालन गर्नु भएको  थियो ।

भिडियो हेर्न   मा क्लिक गर्नुहोला ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार