मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |

इजरायलबाट स्वदेश फर्किन चाहेमा सरकारले विमान चार्टर गर्ने

Kanchan24 1+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले चार्टर विमानमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एयरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित ठाउँमा उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  यस्तै नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ । 

यस्तै नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइन समर्थक हमास समूहले आक्रमण गर्दा सयौंको ज्यान गएको छ जसमा १० जना नेपाली पनि परेका छन् । अलिहे पनि त्यस ठाउँमा युद्धकै अवस्था रहेको  छ भने कहिले युद्ध रोकिने भन्ने टुंगो छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार