मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

इजरायलबाट स्वदेश फर्किन चाहेमा सरकारले विमान चार्टर गर्ने

Kanchan24 1+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले चार्टर विमानमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एयरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित ठाउँमा उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  यस्तै नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ । 

यस्तै नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइन समर्थक हमास समूहले आक्रमण गर्दा सयौंको ज्यान गएको छ जसमा १० जना नेपाली पनि परेका छन् । अलिहे पनि त्यस ठाउँमा युद्धकै अवस्था रहेको  छ भने कहिले युद्ध रोकिने भन्ने टुंगो छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार