मुख्य समाचार
कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड |
मुख्य समाचार
कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड |


लेटाङ प्रहरीद्वारा शान्ति सुरक्षाको विषयमा सरोकारवालासँग छलफल

Kanchan24 1+ समाचार ( )
७ अशोज २०८०, आइतबार

लेटाङ । लेटाङ प्रहरीले स्थानीय क्षेत्रको शान्ति सुरक्षाको विषयमा सरोकारवालहरुसँग छलफल सुरु गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक भीमलाल ओलीले आफ्नो सेवा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने बारेमा सरोकारवालाहरुसँग छलफल गरि बस्तुस्थिति बारे जानकारी लिन थाल्नु भएको हो ।

करिव एक महिना अघि जिल्ला प्रहरी कार्यालय बाराबाट सरुवा भएर लेटाङ आउनु भएका प्रहरी निरीक्षक ओलीले आज लेटाङ क्षेत्रमा क्रियाशील पत्रकारहरुसँग नगरको समग्र शान्ति सुरक्षा र प्रहरीले ध्यान दिनुपर्ने विषयका बारेमा छलफल गर्नुभयो ।

सो क्रममा पत्रकार महासंघ मोरङका सहसचिव समेत रहेका लेटाङ खबरका सञ्चालक पत्रकार प्रशान्त निरौलाले लागुऔषध दुव्र्यसनी नियन्त्रण र खोलामा अवैध उत्खनन् हुने कुरामा प्रहरीले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नगरका कतिपय ठाउँहरुमा प्रहरीले नियमित गस्ती गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

यसैगरि मोरङ खबरका पत्रकार रेवती निरौलाले लेटाङ क्षेत्रमा प्रहरीले समयमै सतर्कता नअपनाउँदा अप्रिय घटना घट्न पुगेको विगत स्मरण गराउँदै यस्ता विषयमा अलि बढी संवेदनशील हुन आग्रह गर्नुभयो । यसैगरि उहाँले लागुऔषध दूव्र्यसनले दूव्र्यसनीका साथ-साथै समाजका विभिन्न पक्षलाई असर पुर्याउने भएकाले नियन्त्रणका लागि वार्षिक तालिका बनाएर नगरपालिकासँग समेत समन्वय गरेर अघि बढ्न सुझाव दिनुभयो ।

यसैगरि उद्घोष दैनिकका पत्रकार सुरेश अधिकारीले प्रहरीले नगरका वारांगी, भोगटेनी लगायतका पहाडी वडाका गाउँहरुमा पनि उपस्थिति जनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले ठूला चाडपर्व आउँदै गरेकाले त्यसलाई लक्षित गरेर समेत सुरक्षा योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

 यसैगरि इनेपाल पत्र डटकमका पत्रकार रविन श्रेष्ठले नगरको मुख्य सुरक्षा चुनौती लागुपदार्थ दूव्र्यसनी नै रहेको भन्दै यसका लागि विशेष रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुव्र्यसनमा फँसेकाहरुलाई कानुनी प्रकृयामा लैजाने भन्दा पनि सुधारगृहमाफर्त समाजमा पुनस्र्थापित गराउन प्रहरीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरुको सुझाव सुनेपछी प्रहरी निरीक्षक ओलीले आफू नगर क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने विषयमा निकै संवेदनशील भएर लागेको भन्दै विभिन्न पक्षसँग छलफल गरेर आवश्यक रणनीति तय गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

उहाँले पत्रकारसहित वैंकिङ क्षेत्रसँग छलफल गरेको र अब व्यापारी व्यवसायीहरु, सामुदायीक वन समूहका प्रतिनिधिहरु तथा स्थानीय सरकारको रुपमा रहेको नगरपालिकासँग समेत छलफल गर्न लागेको जानकारी दिनुभयो । उहाँले सिमित श्रोतसाधनका कारण भने जस्तो सेवा प्रवाह गर्न समस्या भएपनि आफुले सक्दो प्रयास गर्ने समेत उल्लेख गर्नुभयो ।

करिव एक महिना अघि जिल्ला प्रहरी कार्यालय बाराबाट सरुवा भएर लेटाङ आउनु भएका प्रहरी निरीक्षक ओलीले आफु आउन साथ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २ वटा घटना भएकाले त्यसमा केन्द्रीत हुनु परेकाले अब मात्र सरोकारवालासँग छलफल सुरु गरेको जानकारी दिनुभयो । 


प्रतिक्रिया

गणेश तिमल्सिना ८ अशोज २०८०, सोमबार

सर भिम ओलि पहिला काठमाडौंको तार्केस्वोर न पा मा राम्रो गरेर सरेर थानकोट हुँदै बारा जानुभएको हो वाहा लाई जनताले अझै भुलेका छैनन हामी आसा गर्छौ वाहाले त्याहा पनि सफल रहेर कार्य गर्नुहुनेछ त्याहाको पालिका लगाएतले सहयोग गरि वाहा जस्तो इमान्दार पुलिस कर्मी लाई सबैले कुसल प्रसासन चलाउन सहयोग गर्नुहुनेछ तपाइको कार्यकाल सुखद रहोस सर यहि कामना छ

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार