मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |
मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

सुन्दरहरैंचामा वडासचिवमाथि हातपात
सुन्दरहरैंचामा वडासचिवमाथि हातपात, दोषिलाई कडा कारवाही गर्न कर्मचारीहरुको माग

Kanchan24 1+ समाचार ( )
घटनाको विषयमा के भन्छन् त वडा सचिव ?
२८ जेठ २०८०, आइतबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा सचिवमाथि हातपात भएको भन्दै कर्मचारीहरुले कारवाहीको माग गरेका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि सेवाग्राही भएर आएका व्यक्तिले वडाध्यक्षको कार्यकक्षमै हातपात गरि आक्रमण गरेको भन्दै सुन्दरहरैंचा नगरपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरि कारवाहीको माग गरेका हुन् । सुन्दरहरैंचा ९ बस्ने भिषण थापाले वडासचिव भण्डारीलाई वडाध्यक्ष तथा सेवाग्राहीकै अघि गाली गलौज गर्दै कठालो समातेर भौतिक आक्रमण गरेको कर्मचारीहरुद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै दोषिलाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । राष्ट्रिसेवक कर्मचारीले कानुन वमोजिमको जिम्मेवारी तथा कर्तव्य पालना गर्ने शिलशिलामा यस प्रकारको कार्य हुनुले कर्मचारीको मनोवल गिर्नुका साथै नगरको प्रष्ठिामै आँच आउने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यसैगरि नेपाल निजामती कर्मचारी संगठन सुन्दरहरैंचा नगर कार्य समिति सुन्दरहरैंचाले समेत विज्ञप्ती जारी गरि घटनाप्रति घोर भत्र्सन गरेको छ । अध्यक्ष लिलाप्रसाद रिमालद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न तथा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाई कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन माग गरिएको छ । यता सुन्दरहरैंचा नगरपालिकामा यस विषयमा बुझ्दा सेवाग्राहीको रुपमा आएका एकव्यक्तिले कर्मचारीलाई दुव्र्यवहार गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले वडा कार्यालयमा वडासचिवसँग भनाभन मात्र भएको सूचना आएको भन्दै यस विषयमा कुनै उजुरी नआएको जनाएको छ । 

 यस विषयमा वडासचिव भण्डारीसँग बुझ्दा कार्यालयमै वडाध्यक्षको सामुन्ने आफुलाई दुव्र्यवहार भएको तथा पछि यथार्थ थाहा पाएपछि  आफुसँग माफि मागेको जानकारी दिनुभयो । हामीले घटनाको विषयमा वडासचिव भण्डारीलाई खास घटना के हो भनेर सोधेका छौं ।

यस्तो छ वडासचिवको भनाइ, “शुक्रबार म विदामा थिएँ अविवाहित प्रमाणित गर्न केहि मान्छे वडा कार्यालय आएछन्, वडाध्यक्षले वडा सचिवले गर्छन् भनेर भन्नु भएछ । त्यसपछि मलाई तँ तँ र मम भन्दै हप्काउँदै फोन आयो । तँ को होस् भन्दै फोन आयो । म समस्यामा परेर विदामा बसेको छु भनें । त्यसपछि उहाँहरु मेरो घर सुन्दरहरैंचा १ सितुमारी भन्ने ठाउँमा पुग्नु भएछ । तपाईंको छोरा कहाँ हो ? कहाँ गएको हो भनेछन् ? त्यसपछि मैले उहाँहरुलाई कल व्याक गरेर तपाईंको समस्या के हो, वडासचिव नभइ नहुने होकी के हो भनें ? अविवाहित प्रमाणित गर्नुपर्ने भन्नुभयो । मैले योत वडाध्यक्षले गर्ने कुरा हो मैले गर्नुपर्दैन त उहाँले गरिहाल्नु हुन्छ नी भने । त्यसपछि आज कार्यालयमा गएर केहि काम गरेर ढोकामा निस्किंदै गर्दा तँ हो वडा सचिव भनेर कठलो समाते, त्यसपछि मैले पहिले सहि र गलत छुट्याएर मात्र कुरा गर्नुहोस् भनें । वडाध्यक्षले पनि मेरो अगाडी यस्तो नगर है, के गरेको यस्तो भन्नुभयो, त्यसपछि म आफैं साइड लागें । त्यसपछि उहाँहरुले यो काम वडाध्यक्षले नै गर्नुपर्ने रहेछ भन्ने बुझ्नु भएछ अनि मसँग एकछिनपछि माफी माग्नुभयो । त्यसपछि मैले नगरमा जानकारी गराएँ प्रशासन, योजना शाखा प्रमुखहरु आउनु भयो र म पनि सँगै नगरपालिका गएँ । दुव्र्यवहार गर्ने सेवाग्राही पनि नगरमा पुगेछन् । त्यसपछि अविवाहित प्रमाणित गर्ने वडाध्यक्षकै जिम्मेवारी हो भन्ने कुरा भएछ । त्यसपछि उहाँहरु पुन वडामा गएर वडाध्यक्षसँग विवाद गर्नु भएको सुन्नमा आएको छ, अरु सबै कुरा चाहिं थाहा छैन । म दिनभरि नगरमा बसें र घर फर्किएँ । मलाई अनावश्यक टर्चर भयो, म एकदम तनावमा छु । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार