मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

दोश्रो मेयर कप फुटबलको उपाधि लेटाङ-३ लाई, लेटाङ-४ उपविजेता

Kanchan24 1+ समाचार ( )
२२ आषाढ २०८०, शुक्रबार

मोरङ । लेटाङमा सम्पन्न दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ४ लाई २ ० ले पराजित गर्दै लेटाङ ३ ले उपाधि हात पारेको हो । वडा नम्बर ३ लाई उपाधि दिलाउन सुमन लिम्बू र ध्रुव विकले १ १ गोल गरे । 

उपाधि विजेता वडा नम्बर ३ ले ट्रफिसहित नगद १ लाख ३५ हजार र उपविजेता वडा नम्बर ४ ले ६५ हजार पुरस्कारसहित ट्रफि पाएका छन् । फाइनल खेलको प्लेयर अफ द फाइनल ध्रुव विक घोषित भए । वडा नम्बर ४ दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर २ लाई पराजित गर्दै फाइनलमा पुगेको हो भने वडा नम्बर ३ ले सेमीफाइनलमा वडा नम्बर ६ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

असार १३ गतेबाट लेटाङ ३ कमलपुरस्थित जुद्ध बहादुर स्मृति खेलमैदानमा सञ्चालित सुरु भएको प्रतियोगितामा लेटाङ  नगरपालिकाका ९ वटा टीमबीच प्रतिस्पर्धा भएको थियो । विजेता तथा उपविजेता टीमलाई नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्ण कुमारी निरौलाले ट्रफि प्रदान गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार