टाङ । स्वतन्त्र विद्यार्थी युनियन लेटाङ बहुमुखी क्याम्पसले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइनु पर्ने छुट विद्यार्थीले नपाएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको छ । स्वतन्त्र विद्यार्थी युनियन लेटाङ बहुमुखी क्याम्पसका सभापति छवि श्रेष्ठसहितको टोलीले लेटाङ नगरपालिका, इलाका प्रहरी कार्यालय लेटाङ र उत्तरी मोरङ यातायात प्रा. लि. लाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले पाउनु पर्ने ४५ प्रतिशत छुट नपाएको भन्दै ध्यानाकर्षण गराएको हो ।
उनीहरुले लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलालाई ज्ञापनपत्र बुझाउँदै छुटका लागि पहल गरि दिन माग गरेका छन् । खासगरि लेटाङ नगरपालिकाको लेटाङ बजारबाट कानेपोखरीसम्म र लेटाङ नगरपालिकाको जाँतेबाट पथरी बजारसम्म सञ्चालन हुने सार्वजनिक यातायातले छुट नदिएको भनि विद्यार्थीहरुले गुनाशो गरेपछि ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको स्ववियू सचिव पुजेश अधिकारीले जानकारी दिनुभयो । स्ववियु सभापति छवि श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।