मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

बालकृष्ण खाणले निर्दोष छु भनेकाले पार्टीबाट निलम्बन गरिएन : काग्रेस प्रवक्ता

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसकाप्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निर्दोषे रहेको बताएकोले निलम्बन नगरेको बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमाखाण पक्राउ परेको एक साता बितिसक्दा पनि किन निलम्बन भएन भन्ने प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उहाँलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । खाणलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निर्दोष छु भनेकोले यस्तो निलम्बन नगरेको बताउनु भयो ।

आज आयोजित पत्रकार सम्मेलनमा डा. महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताउनु भयो । ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो,’ महतले भन्नुभयो । गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै खाणलाई पक्राउ गरेको थियो ।

खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्नुभएको थियो । छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखे देउवा समहत हुनुभएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार