मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए

Kanchan24 336+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटनापछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको छ।
मंगलबार राति श्रीमान् हरेराम पासवानसँग प्रसूति सेवाका लागि अस्पताल पुगेकी बबिताले बुधबार बिहान करिब ४ः३० बजे अस्पतालको गेटबाहिर सडकमा नै बच्चा जन्माएकी थिइन्।
घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा र कर्मचारीको व्यवहारमाथि प्रश्न उठेको थियो। पीडितका श्रीमान्लाई सुरक्षा गार्डले धम्की दिएको आरोपसमेत सार्वजनिक भएपछि स्थानीयहरू अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन्।
अस्पतालले घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन नआएसम्मका लागि डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएको जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले समितिको प्रतिवेदनका आधारमा थप आवश्यक निर्णय गरिने बताए।
स्थानीयले बिरामी र आफन्तसँग अभद्र व्यवहार तथा धम्की रोक्न, प्रसूति सेवा प्रभावकारी बनाउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार