मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |
मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |


स्वामित्वको जग्गामा जबरजस्ती विभिन्न वाधा अवरोध खडा गरि नियतबस दुःख दिइरहेको गुनासो

Kanchan24 327+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरले सबै प्रक्रिया पुरा गरे पनि राजविराज नगरपालिकाले आफ्नो हकभोग र स्वामित्वको जग्गामा जबरजस्ती विभिन्न वाधा अवरोध खडा गरि नियतबस दुःख दिइरहेको गुनासो गरेका छन् । 
प्रक्रियागत तथा नियमपूर्वक बनाउन लागेको संरचना निर्माण कार्यलाई राजबिराज नगरपालिकाले क्षति पुर्‍याउन थालेका उनको भनाई छ । 
राजविराज निवासी नेता ठाकुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेका हुन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले संरचना निर्माणमा अवरोधको प्रयासका साथै आफू र आफ्नो परिवारका बारेमा सामाजिक सञ्जालमा समेत भ्रम फैलाउने र प्रचारबाजी गरी चरित्र हत्या सम्मको प्रयास पनि गरेको भन्दै उनले पत्रकार सम्मेलनमा आपत्ति समेत जनाएका छन् । 
राजविराज नगरपालिका साविक वडा नम्बर ३ हाल वडा ४ मा पत्नी संगीताको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गामा नयाँ संरचना बनाउन खोज्दा नगरपालिकाले अनावश्यक हस्तक्षेप गरी दुःख दिन थालेको बताए । उक्त जग्गाको नियमित रुपमा सालबसाली मालपोत बुझाउँदै आएका रसिद तथा अन्य प्रमाणहरू पत्रकार सम्मेलनमा पेश गरेका ठाकुरले नयाँ संरचना निर्माणका लागि आवश्यक पर्ने नक्सा पासका लागि नगरपालिकामा लाग्ने दस्तुर २ लाख ११ हजार ४ सय ५७ रुपैयाँ २०७८ साल भदौ २१ गते नै बुझाइसक्दा पनि दुःख दिने नियतले हालसम्म नक्सा पास नगरी आर्थिक क्षति पुर्‍याउन खोजेको बताएका छन् । 
नगरपालिकाले शुल्क बुझेको २५ महिनाभन्दा बढी भो, तर हालसम्म विभिन्न बहानामा नक्सा पास गरिदिएको छैन, उनले भने –उल्टै काम रोक्नु भन्दै चेतावनी सहितको पत्र काटेर हाम्रो परिवारलाई मानसिक यातना र आर्थिक क्षति पुर्‍याउने काम नगरपालिकाले गरिरहेको छ । 
भवन निर्माणका लागि निवेदन पेश गरेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुरा गरी अनुमति दिनुपर्ने व्यवस्था भएपनि २५ महिना बित्दा समेत अनुमति नदिनु र त्यसको जायज कारण पनि नखोल्नु नियम कानुनको धज्जी उडाए जस्तै भएको ठाकुरको भनाइ छ ।
उनले यस अघि २०७३ सालमा उक्त जग्गा संरक्षणका लागि चारैतिरबाट पर्खाल निर्माण गर्ने क्रममा नगरपालिकाले रोक्का गरी अमिन रामनारायण ठाकुरलाई खटाएको र उनले अरु कसैको कुनै जग्गा नमिचेको भनी प्रतिवेदन बुझाउँदा पर्खाल निर्माण कार्य सम्पन्न भएको जानकारी गराउँदै हाल सोही पर्खालको घेराभित्र नयाँ संरचना बनाउन खोज्दा कहिले पत्र काटेर, त कहिले प्रहरी पठाएर रोकाउँछु भन्दै धम्की दिनु अचम्मको कुरा भएको बताए । 
२५ महिना अघि नै नक्सा पास प्रयोजनका लागि रसिद नं. ७१ बाट २ लाख ११ हजार ४ सय ५७ रुपैयाँ तथा धरौटी बापत रसिद नं. ४ बाट १ लाख ४ हजार ४ सय ४९ रुपैयाँ बुझिसकेको नगरपालिकाले हालसम्म अनुमति नदिनु तथा उल्टै चेतावनी सहितको पत्र काटेर मानसिक यातना तथा परियोजनामा क्षति पुर्‍याएको भन्दै उनले आपत्ति सहित नगरपालिकामा पेश गरेको लिखित जवाफमा उल्लेख समेत गरेका छन् । 
पत्रकार सम्मेलनमा उपस्थित रहेका राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव र लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाले समेत ठाकुरद्वारा आफ्नो निजी जग्गामा नियमपूर्वक संरचना निर्माण कार्य थालिएको भन्दै नगरपालिकाले त्यसमा हस्तक्षेप गर्नुको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । 
यता सो बारे नगरपालिकाका कार्यवाहक नगरप्रमुख परविन सँग जिज्ञासा राख्न खोज्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन । 
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङसँग सम्पर्क गर्दा उनले आफू जिम्मेवारी सम्हालेको ६ महिना मात्र भएको बताउँदै ठाकुरले त्यसअघि नै नक्सा पास बापतको शुल्क बुझाइसकेपछि ३५ दिन भित्र स्थलगत निरीक्षण गरी नक्सा पास स्वीकृत वा अस्वीकृत को काम गरिसक्नुपर्ने प्रावधान रहेको बताए । यदि सो प्रक्रिया गरेको भए ठाकुरले संरचना निर्माणको काम सुरु गर्न पाउने/नपाउने विषय त्यतिबेलै टुङ्गो लागि सक्ने थियो, उनले भने यदि ठाकुरले अनधिकृत रुपमा पर्खाल निर्माण गर्न खोजेको थियो भने किन त्यतिबेला रोकिएन । उनले नक्सा पास शुल्क वापत ठाकुरले बुझाएको रकम किन फिर्ता गरिएन भन्ने विषय बारे आफूले बुझ्न नसकेको उनको प्रतिक्रिया समेत दिएका छन् । 
पछिल्लो पटक वडा कार्यालयको सिफारिस तथा कार्यवाहक प्रमुखको आदेशमा ठाकुरद्वारा भइरहेको संरचना निर्माण कार्यको काम रोकिएको र यसबारे आफूले अध्ययन गरी मात्र थप कुरा बताउन सकिने उनले जनाएका छन् ।    

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार