मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

सप्तरीका पत्रकार विनयलाल कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

Kanchan24 325+ समाचार ( )
२६ पौष २०८२, शनिबार

राजविराज। नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाले स्थापना गरेको ३०औँ लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार विनयलाल कर्णलाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाद्वारा आयोजित ३२औँ लोकेन्द्र स्मृति दिवसको अवसरमा सम्पन्न विशेष समारोहबीच पत्रकार कर्णलाई नगद ५ हजार ५ रुपैयाँ, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो। पुरस्कार नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यद्वय ललिता कुमारी साह र राजु विश्वकर्मा तथा पुरस्कार छनोट समितिका संयोजक एवं महासङ्घका पूर्व सभापति विष्णु कुमार मण्डलले संयुक्त रूपमा प्रदान गरेका थिए।

सप्तरीको रुपनी गाउँपालिका–४ निवासी कर्ण करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी हाल नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष, गोरखापत्र दैनिकका सप्तरी प्रतिनिधि समेत हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य राजु विश्वकर्माले पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी फेसबुक र युट्युबमार्फत गैरजिम्मेवार सामग्रीका कारण पत्रकारिता पेशा बदनाम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे। उनले यस्ता गतिविधि नियन्त्रण गर्न महासङ्घ सक्रिय रूपमा अघि बढिसकेको बताए।

त्यसैगरी केन्द्रीय सदस्य ललिता कुमारी साहले समाज रूपान्तरणमा पत्रकारहरूको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै स्वच्छ, सत्यतथ्य र निर्भिक पत्रकारितामार्फत सदाचारयुक्त सत्यको खोजी गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका पूर्व सभापति तथा पुरस्कार छनोट समितिका संयोजक विष्णु कुमार मण्डल, पूर्व सभापति मुरली प्रसाद यादव, केन्द्रीय परिषद सदस्य मनोज माझी र सतिश कुमार दत्त, वरिष्ठ पत्रकार सुरेन्द्र गुप्तालगायतले आआफ्ना धारणा राखेका थिए।

कार्यक्रममा प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु यादव, समाजवादी प्रेस सङ्गठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, आदिवासी जनजाति पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष कृष्णा कुमार मण्डल लगायत विभिन्न पत्रकार सङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै