मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

लेटाङमा लैगिक हिंसा अन्त्यका लागि सरोकारवालाहरुको प्रतिवद्धता

Kanchan24 1+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

लेटाङ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार लेटाङ नगरपालिकामा अभियानको समापन गरिएको छ । नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षता तथा नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा विभिन्न १२ वटा संघ संस्थाहरुको सहभागितामा विशेष कार्यक्रम गरि अभियान समापन गरिएको हो ।

औपचारिक कार्यक्रम अघि महिला हिंसा विरुद्धका विभिन्न नारा लगाउँदै प्ले कार्डसहित लेटाङ बजार परिक्रमा गरिएको थियो । र्यालीमा विभिन्न सरोकारवाला संघ सँस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, सुरक्षाकर्मी, नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

र्यालीपछि आयोजित औपचारिक कार्यक्रमको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य राख्दै उहाँले लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियान मात्र पर्याप्त नहुने भन्दै अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन अन्य समयमा पनि सचेतनामुलक कार्यक्रम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले पनि लैंगिक हिंसाका घटना अन्त्य गर्न  सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा शिक्षा विकास मावि लेटाङ ५ का विद्यार्थीहरुले सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए भने, नृत्य, कविता र गजल समेत प्रस्तुत गरिएको थियो । यसैगरि कार्यक्रममा सहभागी सरोकारवालाहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि विभिन्न १५ वटा विषय उल्लेख गरिएको प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमको समापन मन्तव्य राख्दै उपप्रमुख कृष्णकुमारी निरौलाले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गरिएका विभिन्न कार्यक्रम बारे जानकारी दिनुभयो । उहाँले पछिल्लो सयम महिला हिंसाका साथै पुरुष हिंसाका घटनाका उजुरीहरु समेत आउन थालेको भन्दै दुवै प्रकारका लैगिक हिंसा अन्त्यका लागि नगरपालिका लागि परेको बताउनुभयो ।

लेटाङ नगरपालिकाको आयोजना तथा सामुदायीक विकास मञ्च सीडीएफ, हर्डन नेपाल, ओरेक नेपाल, ग्रामिण महिला विकास केन्द्र, सिर्जनशील महिला समूह, एकल महिला समूह, महिला जागरण समूह, महिला मानव अधिकार रक्षक सञ्जाल, सवृद्धि महिला विकास संस्था, परिवर्तनशील महिला समूह, इलाका प्रहरी कार्यालय लेटाङ र लेटाङ महिला फेडेरेशन गरि १२ वटा सँस्थाको सहकार्यमा कार्यक्रम गरिएको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार